नयाँ सोचका साथ अघि बढ्नुपर्छ : राकेश कुमार झा

वडाध्यक्ष गौर नगरपालिका वडा नं. २, रौतहट

स्थानीय सम्वाद्

11/16/2018

 

२०६१ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकबाट राजनीतिक यात्रा शुरू गरी स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका गौर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राकेश कुमार झासँग आर्थिक वर्ष २०७५।२०७६ मा वडा स्तरीय योजना तथा समसामयिक विषयवस्तुको विषयमा मधेशवाणीका लागि राकेश कुमार यादवले गरेको कुराकानीको सम्पादित अंशः


० चालू आर्थिक वर्षमा तपाईले वार्डमा विकासका लागि कुन कुन योजना राख्नु भएको छ ?

— चालू आर्थिक वर्षमा नगरपालिका कार्यालयबाट ५० लाख रकम बजेट पाएको र सो मध्ये १० लाख रूपैयागौर राईस मिलकोजगगा अधिग्रहणको लागि गएको र बाँकी रहेको ४० लाख रूपैयाको विकास निर्माणमा खर्च गर्ने योजना बनाएको छु ।

० के कस्ता योजना छनौट गरी कार्यान्वयन गर्नु हुन्छ ?

— आफ्नो वार्ड अंतर्गत पर्ने महादेवपट्टी टोलमा पानी निकासको समस्या रहेको हुँदा सो वार्डमा तत्काल नाला निर्माणको लागि १० लाख, सड़क ढलानमा २ लाख, धर्म संस्कृति जगेर्नाको लागि ३ लाख, सटररहित भवन निर्माणको जुड़ माध्यमिक विद्यालयमा ५ लाख, दैविक प्रकोप नियंत्रणको लागि १ लाख, महिलाहरूको सशक्तिकरणको विभिन्न शिपमूलक कार्यक्रम सञ्चालनको ६ लाख रकम छुट्याइएको छ । नयाँ सड़क निर्माणको ५ लाख, शुद्ध खानेपानीको लागि ५ लाख, नाला मर्मत, पोखरी पुर्नका लागि २ लाख रकम छुट्याइएको छ ।

० योजनाहरू कसरी कार्यान्वयन गर्ने सोच राख्नु भएको छ ?

— छनौट गरिएको योजना जनताको प्रत्यक्ष सहभागितामा पारदर्शिता रूपमा कार्यान्यवयन गराउने निति लिएको छु । जनताले दिएको मतको कदर गर्दै अघि बढ़ने उदेश्य मेरो रहेको छ । बजेट दुरूपयोग नहुने उदेश्यले कोटेशन र उपभोक्ता समिति मार्फत कार्य गर्ने छू ।

० नगरपालिकाले वड़ाको विकास प्रति कस्तो भावना राखेकेका छन् ?

— नगरपालिकाले सबै वडाको स्तरीय विकास होस् भन्ने सोच राखेको छ । नगरप्रमुख अजय कुमार गुप्ता विकासप्रेमी मानसिकताका भएकोले भ्याएसम्मको सहयोग गरिरहनु भएका छन् । उहाँले जनताको काम समयमा सहज रूपमा गर्नु पर्ने दबाब दिनु हुन्छ ।

० तपाई जनताको प्रतिनिधि भएर काम गरी राख्नु भएको छ, कस्तो महसूस भइरहेको छ ?

— जनताको सेवा गर्ने मौका पाएकोमा आफुलाई खÞुशी महसूस भैरहेको छ । विकासको कार्य गर्नुमा कुनै किसिमको असहज भैरहेको छैन जहा सम्म वड़ाका जनताले मलाई सहयोग गरी राख्नु भएको छ ।

० अंतमा तपाई यस पत्रिका मार्फत के सन्देश दिन चाहनु हुन्छ ?

— अहिले मुलुकमा तीन तहका सरकार रहेका छन् । स्थानीय, प्रादेशिक र संघीय सरकार रहेकोले जनताको विकासको लागि तिनै सरकार विच सहकार्य र समन्वय हुनुपर्छ । केन्द्रीय सरकारले प्रादेशिक सरकार तथा प्रदेश सरकारले स्थानीय सरकारसित विभेद गरे भने मुलुक र जनताको विकास हुन सक्दैन । नगर प्रमुखले वड़ा अध्यक्षलाई सहयोग गर्नु पर्ने हुन्छ भने वड़ा अध्यक्षले जनताको भावना अनुसार कार्य गर्नु पर्ने हुन्छ । आगामी आर्थिक वर्षमा शिक्षा स्वास्थ्यको अवस्था सुधार गर्न बढ़ी लागि गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । रौतहटको शिक्षा र स्वास्थ्यको अवस्था न्यून रहेकोले सुधार गर्न लगानी गर्नुपर्ने भएको हुदा यस प्रति सवैले ध्यानु दिनु पर्छ । पुरानो व्यवस्था परिवर्तन भई संघीय व्यवस्था लागु भएकोले विकासमा पनि पुराणों सोच त्याग गरी आधुनिक र बैज्ञानिक सोच लिई सहयोग गर्न स्थानीय सित आग्रह गर्दछु ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ