पावन भूमि जहाँ शाँख्य दर्शनका प्रणेता महर्षी कपिलमूनीको तपोभूमि तथा शान्तिका प्रतिक भगवान् गौतम बुद्धको गृहनगर तथा ऐतिहासिक प्राचिन कपिलवस्तु राज्यको राजधानी, कनकमुनी बुद्ध र कक्रकुछन्द बुद्धको जन्म तथा कर्मभूमि, शिवगढिको पवित्र मन्दिर, श्रृङ्गि ऋषिको जन्म तथा कर्मभूमि मधुवन लगायतका पुरातात्विक तथा ऐतिहासिक स्थलहरू भएको खुल्ला संग्राहालय, उत्तरमा वाणगंगा नदीको उद्गम स्थल, चुरेपर्वतको श्रृंखलामा पर्ने चारकोशे झाडी अर्घाखाँचीको सिमाना र दक्षिणमा खेतीजन्य भुभाग, पूर्वमा कोठी नदी, पश्चिममा कोइली नदी, पूर्व पश्चिम राजमार्गसँग जोडिएको, अमूल्य वन सम्पदा तथा वन्यजन्तु पाइने यस वाणगंगा नगरपालिका ऐतिहासिक तथा धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ । वाणगंगा नगरपालिका जिल्ला सदरमुकाम तौलिहवादेखि उत्तरतर्फ १५ कि.मि.को दूरीमा अवस्थित छ । १५,८९४ घरधुरी रहेको वाणगंगा नगरपालिकाको कुल जनसंख्या ७५२४२ रहेको छ । जसमा महिला जनसंख्या ४०३०९ रहेको छ भने पुरूष जनसंख्या ३४९३३ छ । हाल वाणगंगा नगरपालिका ११ ओटा वडामा विभाजन भएको छ ।
० वाणगंगा नगरपालिकाका जनताले स्थानीय सरकारको उपस्थिति महसुस गरेका छन् ?
— हामी २०७४ सालमा निर्वाचित भई जनप्रतिनिधिको रूपमा आएका छौं । नगरवासीको आशा, विश्वास हामीप्रति छ र त्यसलाई टुट्न दिएका छौं । हामीले सुन्दर र समृद्ध नगर बनाउने वाचा गरेका छौं । त्यहींअनुसार हामीले काम पनि गरिरहेका छौं ।
० स्थानीय सरकारको उपस्थिति महसुस हुने गरी केकस्ता कामहरू गर्नुभएको छ ?
— हामीले विकास निर्माणका पूर्वाधार लगायत हरेक क्षेत्रमा काम गरिरहेका छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छौं । जेष्ठ नागरिक, बालबालिका, महिला, युवा सबैलाई लक्षित गरी काम गरिरहेका छौं । वाणगंंगा नगरवासी सचेत र शिक्षित छन् । हामीले गत आर्थिक वर्षमा लगभग २० किलोमिटर कालोपत्रे सडक गरेका छौं । त्यसैगरी, हामीले ग्राभेल सडक पनि बनाएका छौं । त्यस्तै, हामीले छाडा चौपायाहरूको व्यवस्थापन, फोहोरमैला व्यवस्थापन लगायतका कार्यलाई पनि प्राथमिकतामा राखेका छौं ।
० चालु आर्थिक वर्षका कति योजनाहरू पूरा भएका छन् ?
— चालू आर्थिक वर्ष २०७५/७६ को लगभग ५० प्रतिशत योजनाहरू सम्पन्न भइसकेको छ । प्रदेशले जुन कार्यविधि बनाएको छ, त्यसको आधारमा ठेक्कापट्टा गर्दा अलिकति ढिलो भएको थियो । त्यसलाई हामीले तीव्रताका साथ अगाडि बढाइरहेका छौं । यो आर्थिक वर्षको अब एक महिना मात्रै बाँकी छ । गत आर्थिक वर्षमा हामीले ९८ प्रतिशत काम गरिसकेका थियौं । त्यहींअनुसार यस आवमा पनि काम गर्छौं भन्ने लक्ष्य रहेको छ । त्यहींअनुरूप नेपाल सरकारले दिनुपर्ने अनुदान यस नगरपालिकालाई बढी नै बजेट परेको छ ।
० आगामी आर्थिक वर्ष ०७६/७७ का महत्वाकांक्षी योजनाहरू के–के छन् ?
— विशेषगरी यहाँ नदी कटानको समस्या बढी छ । त्यसलाई नियन्त्रण गर्ने योजनाहरू बनाइरहेका छौं । त्यस्तै, शिक्षातर्फ पनि सुधारका लागि योजनाहरू बनाइरहेका छन् । कुनै विद्यालयमा विद्यार्थी संख्या कम छ तर शिक्षक दरबन्दी भएका विद्यालयहरू मर्ज गर्ने उद्देश्य राखेका छौं । यसैगरी, प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा पाउने व्यवस्था गर्ने योजना बनाउँदैछौं । प्रत्येक स्वास्थ्य चौकी प्रसूती गृह पनि सञ्चालन गर्ने उद्देश्य हामी लिएका छौं ।
० वाणगंगा नगरपालिकाको मुख्य आयका स्रोत के हो ?
— यहाँको जनजीवन मुख्यगरी कृषि पेशामा नै आधारित छ । हामीले पशुपालनतर्फ पनि विशेष जोड दिएका छौं । कृषकहरूलाई अनुदान दिएर पशुपालनमा विशेष जोड दिएका छौं । त्यस्तै, तरकारी उत्पादन, बेमौसमी तरकारी उत्पादन, फलफूल खेती लगायतका योजनाहरू हामी बनाइरहेका छौं । त्यसैगरी, हामीले लक्षितका लागि पनि विभिन्न किसिमका सीपमूलक तालिमहरू गराएका छौं । महिलाहरूका लागि बुटिक तालिम, सिलाईकटाई तालिमलगायत दिँदै आत्मनिर्भर बनाउन लागेका छौं ।
० वाणगंगा नगरपालिकाको ऐतिहासिकता के हो ?
— पावन भूमि जहाँ शाख्य दर्शनका प्रणेता महर्षी कपिलमूनीको तपोभूमि तथा शान्तिका प्रतिक भगवान् गौतम बुद्धको गृहनगर तथा ऐतिहासिक प्राचीन कपिलवस्तु राज्यको राजधानी, कनकमुनी बुद्ध र कक्रकुछन्द बुद्धको जन्म तथा कर्मभूमि, शिवगढिको पवित्र मन्दिर, श्रृङ्गि ऋषिको जन्म तथा कर्मभूमि मधुवन लगायतका पुरातात्विक तथा ऐतिहासिक स्थलहरू भएको ठाउँ हो । खुल्ला संग्राहालय, उत्तरमा वाणगंगा नदीको उद्गम स्थल, चुरेपर्वतको श्रृंखलामा पर्ने चारकोशे झाडी अर्घाखाँचीको सिमाना र दक्षिणमा खेतीजन्य भूभाग, पूर्वमा कोठी नदी, पश्चिममा कोइली नदी, पूर्व पश्चिम राजमार्गसंग जोडिएको, अमूल्य बन सम्पदा तथा बन्यजन्तु पाइने यस वाणगंगा नगरपालिका ऐतिहासिक तथा धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ ।
० यहाँ पर्यटकलाई कसरी लोभ्याउन सकिन्छ ?
— यो नगरपालिका सांस्कृतिक तथा धार्मिक महत्व बोकेको नगरपालिका हो । यहाँ पर्यटनका धेरै सम्भावनाहरू छन् । यहाँ बाल उद्यान बनाउने योजना छ । यहाँ नजिकै कपिलधाम पनि छ, त्यस्तै मधुवनधाम, नन्दनगरधाम, लक्ष्मणघाट लगायतका लोभलाग्दो स्थलहरू छन् । हामीले यी सबैलाई संरक्षण र सम्बद्र्धन गर्दै पर्यटकलाई लोभ्याउन सक्छौं । हामीले आगामी आर्थिक वर्षमा पर्यटक भित्र्याउने योजनाहरू बनाइरहेका छौं ।
० तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत वाणगंगामा कतिको परियोजनाहरू आएका छन् ?
— कपिलवस्तुमा सूचांकको आधारमा सबभन्दा राम्रो मानिने कपिलवस्तु नगरपालिका नै हो । हामीले जेजति नीतिहरू बनाएका छौं त्यसलाई सफल बनाउन सबैसँग सहकार्य गर्दै आएका छौं । हामीले प्रदेश र संघ सरकारबाट पनि पाउनुपर्ने सहयोग पाइरहेका छौं ।
० सिंहदरबार गाउँ–गाउँमा आएको छ ?
— सिंहदरबारका कतिपय अधिकारहरू हामीले पाएका छौं । तर केही ऐन, नीतिहरू बाँझेका कारण सबै अधिकार आइसकेको छैन । मुख्य कुरो शिक्षा र वनतर्फ केही कुराहरू बाझिएको छ । जुन अधिकार हामीले प्रयोग गर्न पाउने हो, त्यो हामीले प्रयोग गर्न पाइरहेका छैनौं । करार नियुक्ति, बढुवा, सरूवा सबै स्थानीय तहलाई जिम्मा दियो तर पछि फेरि केही कुराहरू बाँझदा अलि अप्ठ्यारो भइरहेको छ । तर, अरू कुराहरूमा सिंहदरबार गाउँ–गाउँमा महसुस गरिएको छ ।
तपाईको प्रतिक्रिया