सुरूङ्गा नगरपालिका सप्तरी जिल्लाको सगरमाथा राजमार्ग तथा पूर्व पश्चिम राजमार्गस“ग उत्तर दक्षिण तर्फ फैलिएर रहेको छ । यो नगरपालिका नेपाल सरकारले २०७३ सालमा साबिक पश्चिम पिपरा, हर्दिया, दौलतपुर, मधुपट्टी, कुशहा, हरिपुर, मलहनमा, टिकुलिया, पटेर्वा सबै वडा र मलहनिया गाउ“ विकास समितिका ५ र ६ वडा मिलाएर बनेको हो । यस नगरपालिका हाल ११ वटा वडाहरूमा वर्गीकरण गरिएको छ । कुल १०७.०४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ त्रियुगा नगरपालिका, पूर्वतर्फ खडक नगरपालिका, पश्चिम तर्फ लहान नगरपालिका र दक्षिण तर्फ बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउ“पालिका रहेका छन् ।
० निर्वाचित भएपश्चात नगरपालिकामा के कस्ता उल्लेखनिय कामहरू भए ?
— जननिर्वाचित भएर आइसकेपछि हामी बिजुली, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार लगायत विकासका विभिन्न पक्षलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं ।
० जनताले स्थानीय सरकारको महसुस गरेका छन् ?
— निश्चितरूपमा जनताले स्थानीय सरकारको उपस्थिति महसुस गरेका छन् । नगरपालिका वासीहरूकै आवश्यकता परिपूर्ति र नगरको विकास गर्ने हाम्रो दायित्व र जिम्मेवार पनि हो ।
० जनतामा के कस्ता अपेक्षाहरू पाउनु भयो त ?
— समाजमा जे जति विकासका सम्भावनाहरू छन् ति सबै पूरा गर्नका लागि आवश्यक पूर्वधारहरू जस्तै शिक्षा, स्वास्थ्य, कृषि, यातायात आदिमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका नै जनताका अपेक्षाका विषयहरू हुन् । जनताका आवश्यकताहरू पूरा गर्न नै ठूलो आकांक्षा छन् । लामो समयको अन्तरालपछि आएको स्थानीय सरकारबाट जनताका धेरै आकांक्षा हुनु स्वाभाविक पनि हो ।
० स्थानीय निर्वाचन पश्चात सिंहदरबार गाउँगाउँमा भन्ने नाराले कतिसम्म सार्थकता पाएको छ ?
— स्थानीय सरकारले पाउनु पर्ने अधिकार कतै न कतैबाट नियममा बाँधिएको छ । शिक्षामा हामीले परिवर्तन गर्नका लागि हामीले कदम चाल्यौं तर संघीय र प्रदेश सरकारले हामीलाई पूर्णतया हामीलाई अधिकार दिएको छैन । त्यसले गर्दा हामीलाई काम गर्न केही न केही अप्ठ्यारो भइरहेको छ । सिंहदरबार गाउँ–गाउँमा अहिलेसम्म पनि नारा जस्तै लाग्छ । यो नाराले पूर्ण रूपमा सार्थकता पाउन सकेको छैन । स्थानीय सरकारले आफ्नो स्थानीय स्तरमा स्वतन्त्र रूपमा काम गर्न सकिरहेको छैन । कर्मचारी व्यवस्थापन तथा स्थानीय या प्रदेश स्तरका काममा केन्द्रबाट नै हस्तक्षेप गर्दछन् । नगरपालिकाले गर्नुपर्ने करार नियुक्तिहरू केन्द्रबाट नै हुने गरेका छन् ।
० चालु आर्थिक वर्षका के कति योजनाहरू पुरा गर्नुभयो र कति बाँकि छ ?
— चालु आर्थिक वर्षको लगभग ८० प्रतिशत जति काम भइसकेको छ । अब २० प्रतिशत काम बाँकी छ । कर्मचारी समायोजनका कारणले प्रमुख प्रशासकीय अधिकृत नभएर हामीले बाँकी योजनाहरू पूरा गर्न सकेका छैनौं । सरकारले जुन प्रावधान केन्द्रकै माताहतमा लिएर आयो यसले गर्दा रोकिएको हो ।
० आजसम्म सम्पन्न भएका योजनाहरू के—के छन् ?
— विद्यालय क्षेत्रमा भौतिकरूपमा विकास भएको छ । बाटो आर.सी.सी तथा ग्रावेल गरिएको छ । साथै तराई मधेश समृद्धिका लागि आएको बजेट पनि पनि विभिन्न क्षेत्रमा लगानी भइसकेको छ । यस हिसाबले हामीले हाम्रो मातहतममा रहेका काममा कतैपनि कसर बाँकि राखेका छौनौँ ।
० आगामी आर्थिक वर्षको योजनाका लागि कस्तो तयारी हुँदैछ ?
— आगामी आर्थिक वर्षका लागि हामी असार १० गते नगर सभा गर्ने तयारी गरेका छौं । आगामी आर्थिक वर्षमा पनि हामीले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता सोचमा छौं । शिक्षामा आधारभूत विद्यालयहरू चल्दैछन् । त्यसमा शिक्षकको दरबन्दी पर्याप्त छैन । त्यसको पूर्तिका लागि प्रत्येक विद्यालयमा शिक्षक दरबन्दी गर्छौं । हामीले कानून, नीति र निर्देशिका बनाएर दरबन्दीहरू स्थानीय तहबाटै भएपनि परिपूर्ति गर्ने तथा नगरपालिकामा नै नियमहरू बनाई नगरपालिका भित्रका सम्पूर्ण बाँकी रहेका समस्याहरू पूरा गछौँ ।
० प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ र बेटी बीमा कार्यक्रम कतिको लागू भएको छ ?
— प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ र छोरी बीमा कार्यक्रम लागू भएको छ । अहिले हामी त्यसको तथ्यांक संकलन गर्दैछौं । खासगरी हामी सो कार्यक्रमअन्तर्गत दलित छात्राहरूलाई एक सय एक साइकल वितरण गरेका छौं ।
० साइकल वितरण गर्दैमा यी कार्यक्रमहरू प्रभावकारी हुन्छ ?
— यसले गर्दा त छोरीहरूलाई विद्यालय जान आउन सजिलो हुन्छ । प्रभावकारिताको हिसावले छात्रवृत्ति, शैक्षिक सामग्री लगायत दिने कार्यक्रमहरू पनि हुन्छ ।
० छोरी बीमा कार्यक्रमअन्तर्गत कति छोरीहरूको बीमा भयो ?
— अहिलेसम्म छोरीको बीमा कार्यक्रम सुरू भइसकेको छैन । अहिले यो कार्यक्रम प्रक्रियामा छ । माघदेखि जन्मेकी छोरीहरूको बीमा गर्ने प्रदेश सरकारको घोषणाअनुसार हामीले त्यसको तथ्यांक संकलन गरिरहेका छौं ।
० तपाइँ निर्वाचनका बेला जनतालाई केकस्ता आश्वासन दिनुभएको थियो ?
— मलाई अन्तिम समयमा पार्टीले टिकट दियो । त्यसैले मैले चुनावको बेला राम्ररी प्रचार प्रसार पनि गर्न पाइनँ । अन्तिम समयमा टिकट पाए पनि मैले त्यस्तो कुनै नारा पनि दिएको थिइनँ । मैले घरघरमा गएर मत माग्ने काम मात्रै गरेको थिएँ ।
तपाईको प्रतिक्रिया