काठमाडौं । विश्वभरि फैलिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले गरेको अंतर्राष्ट्रिय वेब सम्मलेन मार्फत अध्यक्ष बसन्त कुशवाहाको नेतृत्वमा तेस्रो कार्यसमिति गठन गरेको छ ।
उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्वय डा. राजीव कुमार कंठ, इंद्रजीत यादव, महासचिव डा. रबीन्द्र कुमार यादव, सहमहासचिव रबीन्द्र कांत मंडल, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, प्रबक्ता सुजित कुमार ठाकुर र मीडिया संयोजक शिव कुमार पाल चयन भएका छन् ।
त्यसैगरी, विभिन्न देशबाट निर्वाचित सदस्यहरुमा अभिषेक झा (अमेरिका), डा. अजय कुमार झा (नेपाल), अजय कुमार ठाकुर (स्पेन), अमीरी बाबू साह (कÞतार), आशा कुमारी मेहता (कुवैत), बद्री माझी (भारत), बिनोद कुमार मंडल (साउदी अरबिया), विनोद पासवान (युएइ), धनबीर ठाकुर बरही (कुवैत), धीरज कुमार साह (अमेरिका), दिनेश गौतम (सायप्रस), दिवाकर कुमार झा (कतार), जयमंगल प्रसाद जैसवाल (चीन ), कपलेश्वर यादव (मलेशिया), डा. लोकेन्द्र यादव (भारत), माधव मिश्रा (स्वीडेन), महेंद्र प्रसाद साह (ओमान), महेश कुमार ईशर (नेपाल), डा. मनोहर साह (अमेरिका), मंटू पाल (मलेशिया), मोहमद असगर अली (कतार), मोहन सदा (कुवैत), नरेन्द्र चौधरी (दक्षिण कोरिया), निर्मल कुमार मंडल (साउदी अरबिया), डा. प्रमोद ठाकुर (अस्ट्रेलिया), राजन महतो (कुवैत), राम राय (संयुक्त अधिराज्य), संजय कुमार कर्ण (युएइ), संतोष कुमार बिश्वास (भारत), शम्भू नाथ साह (कतार), शम्भू प्रसाद मंडल (मलेशिया), डा. श्याम महतो (सिंगापुर), उपेन्द्र अधिकारी यादव (साउदी अरबिया ) रहेका छन् ।
अमेरिकाको बोस्टनस्थित दी कामनवेल्थ आपÞm मेसाचुसेट्समा दर्ता गरिएको गैरआवासीय मधेशी संघको स्थापना ०८ सेप्टेम्बर २०१० का दिन भएको हो । यस संगठनको उद्देश्य( विश्वभरि छरिएर रहेका गैरआवासीय मधेशीहरुलाई संगठित पार्दै मधेशी पहिचानलाई अंतर्रािष्ट्रय स्तरमा सुदृढ गर्ने, विश्वलाई मधेशसम्बन्धि मुद्दासँग अवगत गराउने तथा मधेशको विकास एवं समृद्धिको दिशामा रचनात्मक योगदान पुर्याउने रहेको छ ।
उल्लेख्य संख्यामा मधेशीहरुको उपस्थिति रहेको ४० भन्दा बढी देशहरुमा एनआरएमएको विस्तार भइसकेको छ । एनआरएमएले संयुक्त राष्ट्रसंघ, यूरोपियन यूनियन, युएनपिओजस्ता अन्तर्राष्ट्रिय मंचहरुमा तथा अमेरिका, भारत, संयुक्त अधिराज्यमा आयोजित विभिन्न कार्यक्रमहरुमा मधेशीहरुको प्रतिनिधित्व गर्दै आएको छ ।
विदेशी भूमिमा अप्ठ्यारोमा परेका मधेशीहरुलाई सहयोग पुर्याउने, मधेश आन्दोलनताका सरकारी दमनका कारण शहीद भएकाहरुको परिवार एवं घाइतेहरुलाई राहत सहयोग पुर्याउने, बाढी–आगलागी जस्ता प्राकृतिक प्रकोपहरुमा मधेशका प्रभावित क्षेत्रसम्म राहत पुर्याउने जस्ता सामाजिक कार्यहरुमा उल्लेखनीय सहभागिता जनाउँदै आएको छ ।
अघिल्ला वर्षहरुमा एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा विभिन्न चाडपर्वको अवसरमा मेलमिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया