जापान - एक नेपाली युवाले जापानी युवती माथि यौनजन्य र्दुव्यवहार गरेको आरोपमा जापान प्रहरिले पक्राउ गरेको छ ।
गत वर्ष नोभेम्वर २५ तारिखमा भएको भनिएको घटना अनुसार अर्जुन देवकोटा नाम गरेका युवाले जर्वजस्ती जापानी युवतीको अंग छोएका थिए ।
नारिता हिगासि क्षेत्रमा रातको समयमा ३० बर्षिय एक महिलाको संवेदनशिल अंग समातेर जर्वजस्ती चुम्बन प्रयास गरेको आरोप देवकोटा माथि आरोप छ ।
एक डिपार्टमेन्ट स्टोरमा कैद भिडियो अनुसार आरोपीत नेपाली युवा उनको पिछा गरेको देखिएको प्रहरिले जनाएको छ ।
जापानी युवतीमाथि दुव्र्यवहारको आरोप लागेका २६ वर्षिय देवकोटाले भने आरोपको अस्विकार गरेका छन् ।
घटनाको सम्वन्धमा थप छानविन भइरहेको जापान प्रहरी ले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया