मोरङ । पथरीशनिश्चरे नगरपालिका–१ मन्दिर लाइनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम, मोबाइल ९ थान, एकसय एमएलको कोरेक्स ३ बोतल र नाइट्राभेट ६५ ट्याब्लेटसहित ३ जनालाई सोमाबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिरहा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वान गरेका छन् ।
महोत्तरी । नेकपा (माओवादी केन्द्र) परित्याग गरेका संविधान सभा सदस्य राम कुमार शर्मा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
पर्सा । बहुदरमाई नगरपालिका–५ पटनीपुलस्थित सडकमा बीआर २२ एएल ७९४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक भारत मैनाटार बस्ने २६ वर्षीय जोगिन्द्र रामको मृत्यु भएको छ ।
बाँके । नेपालगंज उपमहानगरपालिका–१ धम्बोझीबाट विभिन्न अनलाईन माध्यमको प्रयोग गरि सट्टेवाजी (जुवा) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १५ जना पक्राउ परेका छन् ।
धनुषा । शहिदनगर नगरपालिका–७ नेमुवाटोल बस्ने ५० वर्षीया रेखा देवी ठाकुरको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
सप्तरी । छिन्नमस्ता गाउँपालिकाको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल ६ नं गण राजविराजमा सिनियर अधिकृत मेस भवन निर्माण गरिएको छ ।
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले नश्ल सुधार गर्नका लागि उन्नत जातका बीउ बोका वितरण गरेको छ ।
राजविराज । चिकित्सा सेवामा छुट्टै पहिचान बनाउन सफल चिकित्सक डा. रञ्जितकुमार झाले हालै ‘हाम्रो देश’ नामक देशभक्ति गीतको भिडियो सार्वजनिक गरेका छन् ।
काठमाडौँ । कृषि उत्पादन बढाउने तथा युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने दीर्घकालीन योजना तयार गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् ।
राजविराज । कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उदेश्यले छिन्नमस्ता गाउँपालिकाले थप एक कदम चालेको छ ।
महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.– ७ मटिहानीस्थित लक्ष्मीसागर पोखरीमा जिल्ला विपद ब्यबस्थापन समिति महोत्तरीले बिपद प्रतिकार्य अभ्यास गरेको छ ।
काठमाडौं । व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु. २.८२ करोड आर्थिक सहयोगमा निर्माण हुने व्याँस गाउँपालिका–६ स्थित श्री हिमालय माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरेका छन् ।
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिअन्तर्गत नेवाः राष्ट्रिय परिषद र स्वनिगः विशेष ब्युरोले काठमाडौं जिल्ला प्रशासन कार्यालयले ज्ञापनपत्र बुझाएको छ ।
जनकपुरधाम । हमास समूहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएको धनुषाका आनन्द साहको परिवारलाई मधेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
राजविराज । कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उदेश्यले छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र डिजिटिल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्सांकन) कार्यक्रम गर्न लागेको छ ।
काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न आग्रह गरेको छ । पालिका अध्यक्ष विद्यानन्द चौधरीले एक सूचना जारी गर्दै ३५ दिन भित्र जग्गा खाली गर्न अनुरोध गरेका हुन् ।