वीरगन्ज, १० भाद्र । वीरगन्जमा निर्माणधिन अवस्थामा रहेको सर्वोत्तम स्टील प्रा.लिमा विस्फोट हुँदा उद्योगमा कार्यरत ११ जना घाइते भएका छन् ।
काठमाडौं, १० भाद्र । भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।
काठमाडौं, १० भाद्र । नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ ।
वीरगन्ज, १० भाद्र । पर्सा जिल्ला अदालतले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापालाई सम्मान गरेको छ ।
पर्सा, १० भाद्र । प्रदेश २ मा गहुँ बालीका लागि रासायनिक मलको अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनीको वीरगन्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख गोरखनाथ केसीले केही परिमाणमा मल मौज्दात रहेको र केही आउने क्रममा रहेकोले धान रोपाइँ गर्दाको जस्तो अवस्था नदोहोरिने प्रतिबद्धता जनाए ।
जलेश्वर, १० भाद्र । विगत दुई दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ ।
काठमाडौं, १० भाद्र । देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै जनकपुरधाम उपमहानगरको बेरुजु देखिएको छ ।
जनकपुरधाम, १० भाद्र । एसीड पीडित आरती साहलाई प्रदेश नं. २ को सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।
काठमाडौं, ९ भाद्र । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।
रुपन्देही, ९ भाद्र । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिका–७ वतन भएका ३० वर्षीय छविलाल
काठमाडौं, ९ भाद्र । जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा एक हप्ताभित्रै सरकारमा सहभागी हुने दाबी गरेका छन् ।
जनकपुरधाम, ९ भाद्र । प्रदेश २ सरकारका दुई मन्त्रालयको क्षेत्राधिकार विवादबारे उच्च अदालत, जनकपुर इजलासको मत बाझिएको छ ।
बाँके, ९ भाद्र । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका–७ लखनवा बस्ने ६५ वर्षीय खागा थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
बारा, ९ भाद्र । जितपुर सिमरा उपमहानगरपालिका–५ रातो पुलस्थित रोहित प्लाजा होटलको अगाडिबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ९ भाद्र । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरीले जेलबाटै हस्ताक्षर सनाखत गरेका छन् ।
काठमाडौं, ९ भाद्र । श्रावणी पूर्णिमाको शुभ दिन “विश्व संस्कृत दिवस“को अवसरमा, वेदको भाषा संस्कृत को महत्त्वलाई प्रकाशमा ल्याउनका लागि ’संस्कृत : पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा एउटा अन्तर्राष्ट्रिय सेमिनारको गरिएको छ ।
धनुषा, ८ भाद्र । मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित सडकमा बा.५ ख ६०८७ नम्बरको हाईसले प्रदेश २–०१–००१ प ८५८५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कैलाली, ८ भाद्र । गौरीगंगा नगरपालिका–४ राजिपुरस्थित सडकमा ग.१ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय मान सिंह गुर्धामीको मंगलबार बिहान मृत्यु भएको छ ।
धनुषा, ८ भाद्र । आफ्नै बाबु ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती ३० वर्षीया अमृता कुमारी मण्डलको हत्या गरेको अभियोगमा मिथिलाबिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीय भागेश्वर कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेक छ ।
काठमाडौं, ८ भाद्र । गृहमन्त्री बालकृष्ण खाँड र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
जनकपुरधाम, ८ भाद्र । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु निर्देशन दिएका छन् ।
काठमाण्डौ, ८ भाद्र । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका लोकतान्त्रिक समाजवादी पार्टी (नेपाल)लाई सनाखतका लागि भोलि बुधबार बोलाएको छ ।