बर्दिया । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ ।
राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताही टोलमा आइतबार राती आगलागी हुँदा ८ जनाको घर जलेर नष्ट भएको छ ।
काठमाडौँ । नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था, हेल्पनेपाल नेटवर्कले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाएको छ ।
बारा । जितपुर सिमरा उपमहानगरपालिका–१ घर भएका राज कुमार रूम्बाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाको बुईं चढेर नेपाली जनतालाई नतर्साउन चेतावनी दिएका छन् ।
काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र सम्वादलाई तीव्र पारेको छ ।
काठमाडौं । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मनाउने निर्णय गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा. सुरेन्द्र यादव निर्वाचित भएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका विरुद्ध काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।
बर्दिया । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको पृथ्वी पुरस्कार यस वर्ष बर्दियाका कृषि पत्रकार कमल राज पौडेललाई दिइने भएको छ ।
जनकपुरधाम । मधेश प्याब्सनको ९औं वार्षिकोत्सव मनाइएको छ । प्रा.अमरेन्द्र कुमार झाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै अघि बढनु पर्नेमा जोड दिएका थिए ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय महाधिवेशन आगामी चैत ७ र ८ गते भैरहवामा हुने भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम सँगसँगै अगाडि बढाउँदैछ ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको प्रचारप्रसार तथा प्रकाशन विभागको बैठकले केन्द्रीय पदाधिकारी चयन गरेको छ ।
जनकपुरधाम । जनमत पार्टी धनुषा जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष किशोरीप्रसाद ठाकुले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनोमानी कर आतंक बिरुद्ध १४ पुसमा काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।
वीरगंज । नारायणी अस्पतालको बिग्रिएका औजार तथा उपकरणहरू मर्मत सम्भारका लागि नारायणी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ ।