सुनसरी । बराहक्षेत्र नगरपालिका–९ राजाबासबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ६ किलो ९ सय ४० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राकेश यादव । नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशन सोमवार सम्पन्न भएको छ ।

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समिति पुनर्गठन भएको छ ।

रौतहट । रौतहट जिल्लाको उत्तरी र पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आम जनता पार्टी(आजपाले) ज्ञापन पत्र बुझाएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ । पुनर्गठित समितिको अध्यक्षमा प्रभु साह र वरिष्ठ उपाध्यक्षद्धयमा तिलक थापा मगर र उपेन्द्र साह रहेका छन् ।

कपिलवस्तु । महाराजगंज नगरपालिका–११ बढेगाँउस्थित सडकमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले भ्रष्टाचार जस्तो विकृति रोक्न सबै सरोकारबालाहरुबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

मोरङ । विराटनगर महानगरपालिका–५ बरगाछि चोकमा बा.प्र ३–००१ ख १४११ नम्बरको ट्रकले को.३६ प २८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कलैया । आम जनता पार्टी (आजपा) मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । उमेश कुशवाहाको अध्यक्षतामा १८५ सदस्यीय मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको बताएका छन् ।

राजविराज । सूचना लुकाउने सप्तरीको कोशी पम्प चन्द्र नहर सिंचाई ब्यवस्थापन कार्यालयका कार्यालय प्रमुख प्रदिप बान्तवालाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ ।

रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाले किसानलाई पेन्सन दिनुपर्ने माग गरेको छ ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को आयोजनामा सञ्चालित तरकारीको जातीय सुधार सम्बन्धी सात दिने तालिम सम्पन्न भएको छ ।

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालको विराटनगर महानगरपालिका समिति पुनर्गठन भएको छ ।

सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद अनिरूद्व प्रसादसिंह यादव शनिबार एक समारोहकाबीच जनता समााजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

सुनसरी । धरान उपमहानगरपालिका–११ रिटिङ टोलबाट अवैध लागूऔषध गाँजा १ सय २४ किलोसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार बिहान दुबै पक्षबीच भएको वार्ताले पाँच बुँदे समहति तय गरेको हो ।

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार ९ सय ५० जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।

राकेश यादव, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ मा नेकपा एमालेको बहुमतको सरकार बन्ने बताएका छन् ।

सप्तरी । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको नाममा सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।

रौतहट । रौतहटको मौलापुर नगरपालिका वडा नं. ९ मा फर्जी विवाहका लागि नगरपालिकाबाट आर्थिक सहयोग लिने प्रयास असफल भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । कुमारी बविताको अध्यक्षतामा ६५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

बारा । सुवर्ण गाउँपालिका–२ सतगंज बोर्डरमा ना.३ ख ९९९० नम्बरको बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मोरङ । ग्रामथान गाउँपालिका–२ सुखानी खोला छेउस्थित सडकमा को.२३ प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बारा । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

ट्रेन्डिङ