बारा । कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने बलिराम साह तुरहाको घरमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

कपिलवस्तु । बुद्धभूमि नगरपालिका–४ स्थित सडकमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

बाँके । खजुरा गाउँपालिका–६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही । आम जनता पार्टी (आजपा) का उपाध्यक्ष रिता साहले जनताको पिरमार्कामा राज्यको बिभिन्न निकाय र तहहरुद्धारा सहयोग गर्नुको साट्टा आजको दिनमा कर आतंक खडा गरिएको बताएकी छन् ।

नवलपरासी पश्चिम । नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सुस्ता गाउँपालिका–५ स्थित ईलाका प्रहरी कार्यालय सुस्ताको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं लोसपाका पूर्ववरिष्ठ नेता राजेन्द्र महतोले घाइते भएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एक दर्जनभन्दा बढी नेता कार्यकर्ता पार्टी परित्याग गरी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा सहभागी भएको घोषणा गरेका छन् ।

काठमाडौं । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनाविरुद्ध लागेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ दिइएको छ ।

वीरगञ्ज । नेशनल मेडिकल कलेजले रौतहटको दुर्गा भगवती गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

बारा । निजगढ नगरपालिका–७ निजगढ बजारस्थित रोहित वर्कशप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा उक्त वर्कशपका संचालक सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय रेशम मगरको सोमबार दिउँसो मृत्यु भएको छ ।

मोरङ । विराटनगर महानगरपालिका–१३ एमएम प्लाष्टिक उद्योग छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ४४ मिलिग्रामसहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले आफू लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग्गिएको औपचारिक घोषणा गरेका छन् ।

कपिलवस्तु । शिवराज नगरपालिका–२ हेलौडिहवास्थित सडकमा हाल नम्बर नखुलेको टिपरले लु.२७ प १०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ ।

सुनसरी । देवानगंज गाउँपालिका–५ साहेवगंजस्थित पश्चिम टोल साईटबाट अवैध लागूऔषध गाँजा १ सय २२ किलो सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

कपिलवस्तु । अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ ।

रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्धारा लक्ष्मीनिया माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘साक्षरताका लागि सांस्कृतिक कार्यक्रम’ आज सम्पन्न भएको छ ।

काठमाडौं । विश्व युवा महोत्सवमा सहभागी हुन जाने नेपाली युवाहरुको लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सर्लाही । गोडैता नगरपालिका–८ स्थित सडकमा मधेश प्रदेश ०२–००७ प १२३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चक्रघाटा गाउँपालिका–९ खोरिया बस्ने ५० वर्षीय नागेन्द्र रायको शनिबार राति मृत्यु भएको छ ।

रूपन्देही । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया भैरहवा भन्सार कार्यालय नजिकबाट चाँदी जस्तो देखिने धातु करिब १ किलो २ सय ग्राम र पहेलो रंगको पित्तल जस्तो देखिने धातु ४ तोला ३९ लाल शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

ललितपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुनः नामाकरण हुनु पर्ने माग गरेका छन् ।

काठमाडौं । तराई मधेश महिला फाउन्डेशन, नेपालका अध्यक्ष सुनिता कुमारी साह (क्रान्ति) आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् ।

विरगञ्ज । नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन् ।

ट्रेन्डिङ