मोरङ । बुढीगंगा गाउँपालिका–४ स्वस्तिक जुटमिलस्थित नेमुवाबाट कोयलपुरतर्फ जाँदै गरेको आरजे २९ जीबी १५६१ नम्बरको लहरी पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
बाँके । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्ने, शान्ति प्रकियाका बाँकी काम सम्पन्न गरी दिगो शान्ति स्थापना गर्ने कार्य वर्तमान सरकारको मुख्य कार्यभार रहेको उल्लेख गर्दै सुशासन र समृद्धिको अभियानमा सबैले उच्च समर्पणसहित योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने बताएका छन् ।
रौतहट । पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन यस बर्ष पनि मधानी महायज्ञ २०८० को आयोजना भव्य रुपमा हुने भएको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को शर्मा समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ ।
काठमाडौं । न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सर्लाही । बागमती नगरपालिका–३ नयाँ बस्ती चोकबाट अवैध लागूऔषध गाँजा १ सय १६ किलोसहित एक जना पक्राउ परेका छन् ।
बाँके । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान र कानुनले व्यवस्था गरे बमोजिम आफ्ना कार्यहरूलाई निर्देशित गर्ने, संस्थागत एवम् व्यवसायिक समन्वय र सहकार्यलाई प्रवर्धन गर्ने, सामूहिक एवम् व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी नागरिक पहिलो भन्ने सिद्धान्त अनुकूल कार्य गर्नुपर्ने बताएका छन् ।
काठमाडौं । राष्ट्रिय एकता अभियान कैलालीले अतरियामा बिआरआई ऋण जालसम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन तयारीको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । २८६० औँ डुक सोनाम ल्होछारको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।
जनकपुरधाम । हिन्दूहरुमाथि जिहादी आक्रमण भएको भन्दै राष्ट्रिय एकता अभियानले मधेश प्रदेशको राजधानी जनकपुरधाममा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुतला दहन गरेका छन् ।
काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।
बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित आधाभार जंगल सडक खण्डमा बुधबार ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल र वृषेशचन्द्र लालको तराई–मधेश लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ ।
काठमाडौं । न्यायका लागि वर्षौंदेखि संघर्ष गरिरहेको मृतक आरती साहको परिवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आश्वासन दिएका छन् ।
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ ।
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको तीन दिने प्रशिक्षण सम्पन्न भएको छ ।
काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् ।
काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।