दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले ’समुदायमा कांग्रेस’ अभियानबाट प्राप्त सुझावहरु समेटेर लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) ले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेको छ ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

काठमाडौं । नेपालका खेलकुदमन्त्री दिगबहादुर लिम्बु र भारतका समकक्षी अनुराग सिंह ठाकुरबीच भेटवार्ता भएको छ ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (सिएससीईसी) लाई कडा चेतावनी दिएका छन् ।

महोत्तरी । मटिहानी नगरपालिका वडा नं. १ को वडास्तरीय स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत श्री राष्ट्रिय माध्यमिक विद्यालय सिरसियामा अध्ययनरत छात्र छात्राहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

राकेश यादव, रौतहट । रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाई कुटपिट गरि घरबाट निकाला गरेको घटना बाहिरिएको छ ।

कपिलवस्तु । बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु.४ त ५१११ नम्बरको ट्याक्टरले लु.५५ प ८६८७ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७ वर्षीय ईश्वर थारूको मृत्यु भएको छ । 

जनकपुरधाम । जनकपुरधाममा संघीयता, लोकतन्त्र र गणतन्त्र विरुद्ध अराजकता फैलाउने कोशिश गरिरहेका तत्वहरु विरुद्ध गणतन्त्रवादीहरूले बिगुल फुकेका छन् ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले आर्थिक बर्ष २०८१/८२ का लागि रुपान्तरणकारी परियोजनाहरु ल्याउँने तयारीमा जुटेको छ ।

बर्दिवास । दिगो विकासतर्फको महत्वपूर्ण कदममा बर्दिवास नगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ।

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी नेताहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आजपाको केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौं नवप्रवेशीलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनीहलाई पार्टीमा स्वागत गरेका छन् ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले कुनै पनि सरकारी जग्गा बाँझो नराखी त्यसको संरक्षण एवं सुरक्षा गर्दै त्यसमा उपयुक्त बाली लगाउनुपर्ने निर्देशन दिएका छन् ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का युवा बैज्ञानिकहरुलाई उच्च मनोबलका साथ काम गर्न र नेपाली कृषकको आयस्तरमा सुधार ल्याउँने गरी अनुसन्धान कार्यलाई प्रभावकारी बनाउँनुपर्ने बताएका छन् ।

पोखरा । चिनियाँ महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बीआरआई परियोजना मुलुकका लागि ऋणजाल भएको भन्दै पोखरामा प्रदर्शन गरिएको छ ।

वीरगन्ज । नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले सामाजिक एवं धार्मिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेका राष्ट्रिय बजरंग दल पर्सा र समाजसेवी नरेन्द्र साहलाई सम्मान गरेको छ ।

महोत्तरी । सामाजिक सुरक्षा कोष काठमाडौँ र मटिहानी नगरपालिका बीच अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार ब्यक्तिको सामाजिक सुरक्षा योजना संचालनका लागि बर्दिवासमा सम्झौता भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भ्रष्टाचारको बिरुद्धमा शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । ‘भ्रष्टाचारीलाई कारवाही गर’ लगायतका बिभिन्न माग गर्दै सरकारलाई दबाब दिने उदेश्यले आजपाले काठमाडौंमा प्रदर्शन गरेको हो ।

रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका–४ स्थित सडकमा कालिदहबाट लुम्बिनीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

रौतहट । चन्द्रपुर नगरपालिका–६ स्थित डाबरीबाट बाह्रबोरको एकनाले बन्दुक १ थानसहित सोही ठाउँ बस्ने ४५ वर्षीय हरी स्याङतानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी । रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरीले फिल्डमै उत्रिएर अनुगमन गरेकी छन् ।

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संसारमा लोकतन्त्र सबभन्दा राम्रो व्यवस्था रहेको बताएका छन् ।

रौतहट । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको विषयमा अनर्गल तथ्यहिन सूचना सम्प्रेषण गरेको भन्दै एसटीपी खबर नामक फेसवुक पेज विरुद्ध कानुनी कारवाहीको माग गर्दै उजुरी दिइएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको शेर्पालुङ राष्ट्रिय समिति (बागमती प्रदेश) पुनर्गठन भएको छ ।

ट्रेन्डिङ