काठमाडौं । समुदायले अझै पनि उत्पीडनको जाँतोबाट मुक्त हुन देशका सबै दलित एकजुट भएर निर्णायक लडाईको आवश्यकता भएको वक्ताहरुले धारणा राखेका छन् ।

मोरङ । विराटनगर महानगरपालिका–१९ काठेपुलबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलो शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।

इमरान खान, कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ मा एक ४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । उनलाई छिमेककै १४ वर्षीय बालकले बलत्कार गरेको हो ।

राकेश यादव, रौतहट । जिल्ला कारागार कार्यालय रौतहट गौरमा क्षमताभन्दा कैदी बन्दीहरु रहेका छन् । कारागारमा बस्ने कैदी बन्दीको क्षमता २ सय रहेकोमा अहिले ३२१ जना कैदी बन्दी रहेका हुन् ।

इमरान खान, कपिलवस्तु । जिल्लाको महराजगंज नगरपालिकाको गनवरिया–शान्तिनगर सडकखण्ड निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएको छ ।

काठमाडौं । नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो ।

काठमाडौं । नेपालमा पहिलोपटक नेपाली कलाकर्मीहरुद्वारा निर्मित भोजपुरी टेलिसिरियल ‘खेलाडी’ प्रसारण हुन लागेको छ ।

राकेश यादव, रौतहट । चक्कू प्रहार गरी हत्या गरेको आरोपित माथि प्रहरीले कार्यवाही नगरेको भन्दै पीडित परिवारले शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटको मुख्य गेट अगाडि धर्ना दिएर प्रदर्शन गरेको छ ।

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हिंसाको बलमा प्राप्त जस्तोसुकै उपलब्धि धेरै समयसम्म टिक्न सम्भव नभएको टिप्पणी गरेका छन् ।

ललितपुर । नेपाली भाषामा लेखिएको रामायणमा आधारित भई मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ विमोचन गरिएको छ ।

कपिलवस्तु । शिवराज नगरपालिका–१ सुरई नाकास्थित सडकमा महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

बाँके । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

काठमाडौं । ५ लाख डेनिस क्रोन सहित दुई जना पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेका छन् ।

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा बद्री केसीले नेतृत्व गरेको समूह अदालतबाट आधिकारिक मान्यता पाउन असफल भएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले राममनोहर लोहियाबारे अन्तरक्रिया गर्ने भएको छ ।

रौतहट । राजदेवि नगरपालिका–७ मुडवल्वा बस्ने २२ वर्षीय तेज नारायण ठाकुरको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

मोरङ । विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७४ मिलिग्रामसहित सोही महानगरपालिका–४ बस्ने १९ वर्षीय सुजन उराउलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बारा । जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट अवैध लागूऔषध चरेश करिब ३५ किलोसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रले आयोजना गरेको आलुबालीका रोग निदान विषयक तालिम आज सम्पन्न भएको छ ।

नेपालगन्ज । दिगो विकासतर्फको महत्वपूर्ण कदममा नेपालगन्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ। Green Shift: Circularity of Plastic Waste for Net-Zero Carbon Nepal (GreenShift Nepal), चक्रिय अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि युरोपेली संघको सहयोगमा कार्यन्वयन हुन लागेको चारवर्षीय परियोजना हो ।

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसान मजदुरको रगत पसिनाबाट नेता बनेकाहरु आजको दिनमा भगौडा दलाल पूँजीपति बर्गका लागि काम गरिरहेको बताएका छन् ।

राकेश यादव, रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका नगर प्रमुख कौशल्या देवी सिन्हाले नगरपालिकाको कुनै पनि सहमति नलिइकन गरिएको बर्थिंग सेन्टरको शिलान्यासप्रति आपत्ति रहेको बताएकी छन् ।

बाँके । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको सुरुवा भएको छ ।

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१२ पिपराडी बस्ने ६५ वर्षीय शम्भु खाँ चौधरीको आफ्नै उखुबारीमा उखुको पातमा आगो लगाउने क्रममा सोही आगोले जलेर सोमबार दिउँसो मृत्यु भएको छ ।

मोरङ । ईलाम माम्सेबुङ गाउँपालिका–१ गजुरमुखी घर भई काठमाडौं भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका–१ बस्ने ३० वर्षीय विपिन अधिकारीलाई विभिन्न विष्फोटक पदार्थसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ