काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आव्हान गरेको छ ।
काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले नेपालमा लोकतान्त्रिक गणतन्त्रको नाममा गोर्खाली एकल राष्ट्रिय सत्ता कायम रहेको बताएको छ । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको उद्घोष भएको हो ।
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनु पर्ने बताएकी छन् ।
वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यावदले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउने र संघीयता ल्याउनसमेत मधेशको महत्त्वपूर्ण भूमिका रहेको भन्दै संघीय सरकारले त्यसलाई उपेक्षा गर्न नमिल्ने बताएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य एवम् प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले जेठको अन्तिममा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।
कपिलवस्तु । पूर्वमहिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आर्चायले अवधी कला र संस्कृतिको संरक्षणमा लाग्नु पर्ने बताएका छन् ।
कपिलवस्तु । विभागीय टोली नेपाल पुलिस क्बललाई पराजित गर्दै हनामी बीएफसीले प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि जितेको छ ।
मोरङ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक गर्दै मेयर राईले यस्तो बताएका हुन् ।
महोत्तरी । महोत्तरी क्षेत्र नं. ३ का सांसद महन्थ ठाकुरले दलित र अतिविपन्न परिवारलाई खाना पकाउने ग्यासको सिलिण्डर र चुलो निःशुल्क वितरण गरेका छन् ।
विराटनगर । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छन् ।
काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले शनिबार गरेको बृहत् जनप्रदर्शनमा प्रहरीद्वारा गरिएको दमनको चौतर्फी भर्त्सना गरिएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले काठमाडौंमा सुकुम्बासी र कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति नगराईए काठमाडौं महानगरमा आफ्नो स्काभेटर चलाउने चेतावनी दिएका छन् ।
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानको बृहत् जनप्रदर्शनमा सुरक्षाकर्मीले व्यापक दमन गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा भोली (शनिबार) काठमाडौंमा जनप्रदर्शन गर्दैछ । जनआन्दोलन दिवसको अवसरमा हुने सो प्रदर्शनमा दशौं हजारको सहभागिता हुने बताइएको छ ।
जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताउनु भएको छ ।
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट सबै किसिमको न्यूरो सर्जरी सम्बन्धित रोगको उपचार गर्दै आएको छ जसमा ब्रेन स्ट्रोक, ट्युमरदेखि मेरुदण्डको सर्जरी पर्दछन् ।
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले भोलि शनिबार खुला मञ्चमा गर्न लागेको बृहत जनप्रदर्शन कार्यक्रममा आम नेवाः लगायत सम्पूर्ण राज्यविहीन राष्ट्रका जनताहरुलाई आह्वान गरिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताउनुभएको छ ।
सप्तरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ ।
काठमाडौं । यसअघि गीतसंगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गर्नुभएका विश्व कीर्तिमानी डा.डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्याउनुभएको छ ।
काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. ३ं.६१ करोड आर्थिक सहयोगमा नेपालको खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकास्थित श्री शारदा माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनको उद्घाटन भएको छ ।
रौतहट । गरूडा नगरपालिका–३ मलाही टोल बस्ने ४० वर्षीय मनोज सहनीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ ।
जनकपुरधाम । जनकपुरका राजनीतिक नेतृत्व समूहले संघीय संसदमा प्रस्तुत निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० को बिरोध गरेका छन् ।