मोरङ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक गर्दै मेयर राईले यस्तो बताएका हुन् ।
महोत्तरी । महोत्तरी क्षेत्र नं. ३ का सांसद महन्थ ठाकुरले दलित र अतिविपन्न परिवारलाई खाना पकाउने ग्यासको सिलिण्डर र चुलो निःशुल्क वितरण गरेका छन् ।
विराटनगर । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छन् ।
काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले शनिबार गरेको बृहत् जनप्रदर्शनमा प्रहरीद्वारा गरिएको दमनको चौतर्फी भर्त्सना गरिएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले काठमाडौंमा सुकुम्बासी र कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति नगराईए काठमाडौं महानगरमा आफ्नो स्काभेटर चलाउने चेतावनी दिएका छन् ।
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानको बृहत् जनप्रदर्शनमा सुरक्षाकर्मीले व्यापक दमन गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा भोली (शनिबार) काठमाडौंमा जनप्रदर्शन गर्दैछ । जनआन्दोलन दिवसको अवसरमा हुने सो प्रदर्शनमा दशौं हजारको सहभागिता हुने बताइएको छ ।
जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताउनु भएको छ ।
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट सबै किसिमको न्यूरो सर्जरी सम्बन्धित रोगको उपचार गर्दै आएको छ जसमा ब्रेन स्ट्रोक, ट्युमरदेखि मेरुदण्डको सर्जरी पर्दछन् ।
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले भोलि शनिबार खुला मञ्चमा गर्न लागेको बृहत जनप्रदर्शन कार्यक्रममा आम नेवाः लगायत सम्पूर्ण राज्यविहीन राष्ट्रका जनताहरुलाई आह्वान गरिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताउनुभएको छ ।
सप्तरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ ।
काठमाडौं । यसअघि गीतसंगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गर्नुभएका विश्व कीर्तिमानी डा.डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्याउनुभएको छ ।
काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. ३ं.६१ करोड आर्थिक सहयोगमा नेपालको खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकास्थित श्री शारदा माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनको उद्घाटन भएको छ ।
रौतहट । गरूडा नगरपालिका–३ मलाही टोल बस्ने ४० वर्षीय मनोज सहनीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ ।
जनकपुरधाम । जनकपुरका राजनीतिक नेतृत्व समूहले संघीय संसदमा प्रस्तुत निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० को बिरोध गरेका छन् ।
काठमाडौं । नेकपा एमालेले ७ सय ५३ वटै स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा प्रबद्र्धन गर्न ५ , १० र १५ शैयाको अस्पताल निर्माण सम्पन्न गर्दै जनताको मौलिक स्वास्थ्य सम्बन्धी मौलिक अधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ ।
हेटौडा । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले देशभरका पहिचान र अधिकारवादीहरु एक ठाउँमा आएर अगाडि बढ्नुपर्ने बेला आएको बताएका छन् ।
हेटौडा । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले हेटौडामा गर्न लागेको जनप्रर्दशनमा सहभागी हुन जसपाबाट एउटा समुहले पार्टी नै परित्याग गरेर सहभागी भएका छन् ।
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।
सिरहा । धनगढीमाई नगरपालिका–८ कसहा चोकबाट अवैध लागूऔषध गाँजा करिब २२ किलो बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
जनकपुरधाम । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेश प्रदेशमा दिन प्रति दिन बढ्दो धार्मिक द्वन्द रोक्न प्रहरी अझै संवेदनशील हुन् आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाम । मधेश प्रदेशमा हुने गरेको विभिन्न खालका कार्यक्रममा ठूलो अवाजमा डिजे लगायतका साउण्ड सिस्टमले ध्वनी प्रदुशन भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनगुनासो बढन थाले पछि त्यसलाई नियन्त्रणका लागि प्रदेश सरकारले अग्रसरता देखाएको छ ।