काठमाडौं । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले महोत्तरीको मटिहानी ६ स्थित आगलग्गी प्रभावित क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका छन् ।

ललितपुर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिएकी छन् ।

महोत्तरी । मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगलागी बाट क्षतिग्रस्त क्षेत्रका पीडितहरूलाई श्री सशस्त्र प्रहरी परिवार महिला संघले राहत वितरण गरिको छ ।

राजविराज । २३ बर्ष अघि सप्तरीको छिन्नमस्ता गाउँपालिका –३ सखडामा खानेपानी आयोजनाको काम थालिएको थियो । तर दुईदशक बितिसक्दा समेत उक्त आयोजना संचालनमा आउन सकेको छैन ।

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा आयोजित नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. ३.६७४ करोड आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको ‘The Embankment and Launching Apron Dhungre Khola River Training Works’ उद्घाटन गरिएको छ ।

सर्लाही । लालबन्दी नगरपालिका–४ स्थित सडकमा पुनर्वासबाट रंजितपुरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) र समाजवादी जनएकता पार्टी नेपाल बीच पार्टी एकीकरण हुँदैछ ।

महोत्तरी । गत बैशाख १२ गते मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगो लागि क्षतिग्रस्त क्षेत्रका पीडितहरूलाई शुक्रबार सेभ द चिल्ड्रेन तथा युके एडको सहयोग र मटिहानी नगरपालिका एवं रतौली युवा क्लबको समन्वयमा राहत वितरण गरिएको छ ।

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप–निर्वाचन २०८१ सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन तयारी पूरा भएको बताएका छन् ।

कैलाली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी लम्की–चुहा नगरपालिका–३ ब्यबस्थितनगर बस्ने ५४ वर्षीय लालमनि तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँके । खजुरा गाउँपालिका–२ ‘सि’ गाउँ बस्ने २५ वर्षीय बिमल सिंह ठकुरीलाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

पर्सा । वीरगंज महानगरपालिका–२५ मौजे सिर्सियास्थित सडकमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौं । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राजेन्द्र महतोले सुरु गरेको राष्ट्रिय मुक्ति क्रान्ति सफलतातर्फ अगाडि बढिरहेको छ ।

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा भएको भीषण आगलागीप्रति मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले दुःख व्यक्त गरेका छन् ।

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । आगलागीमा १५० भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताउनुभएको छ ।

काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ ।

महोत्तरी । मटिहानी नगरपालिका ७ घर भएकि रागनी ठाकुरका श्रीमान उमेश ठाकुरले मटिहानी बजारमै कपाल काट्ने सैलुन खोलेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले इलाम–२ मा आउँदो १५ बैशाखमा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने निर्णय गरेको छ ।

महोत्तरी । बर्दिबास नगरपालिका–३ कालापानी जंगलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मोरङ । पथरीशनिश्चरे नगरपालिका–१ मन्दिर लाइनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम, मोबाइल ९ थान, एकसय एमएलको कोरेक्स ३ बोतल र नाइट्राभेट ६५ ट्याब्लेटसहित ३ जनालाई सोमाबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिरहा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वान गरेका छन् ।

पर्सा । हुण्डी कारोबारीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ