काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका तथा देवदह नगरपालिकाको संयुक्त साझेदारीमा लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्ध्दन तथा विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । निर्वाचन आयोगबाट तराई–मधेश लोकतान्त्रिक पार्टीलाई नाम परिवर्तन गर्न भनी मिति २०८०/११/१० मा दिइएको निर्देशन विरुद्ध तमलोपाले सर्वोच्च अदालतमा दायर गरेको रीटमाथि सुनवाई हुँदै सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने आदेश गरेको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच
काठमाडौं । नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति यूजी ९९ को टिटिकेटिटि पहिलोपटक पत्ता लागेको छ ।
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग सम्बोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कार्यदल गठन गर्न निर्देशन दिएकी छन् ।
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।
धनुषा । जनकपुर उपमहानगरपालिका–१२ डेरा गरी बस्ने सोही उपमहानगरपालिका–२० घर भएकी ३६ वर्षीया गौरी देवी साईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
कैलाली । धनगढी उपमहानगरपालका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको अहिलेका पाँचवटा मुख्य कार्यभार पहिल्याएको छ ।
बाँके । आफ्नै श्रीमती २१ वर्षीया शुशिला सुनारको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–१४ पार्बतीपुरस्थित होम पाईप कम्पनीमा काम गरी बस्ने बर्दिया बाँसगडी नगरपालिका–४ घर भएका २२ वर्षीय अनिल विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । भिसा अवधि समाप्त पश्चात गैर कानुनी तवरले बसिरहेका ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं । विदेशमा बस्ने नेपालका मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले युइईको दुबईमा मार्च २४ तारिख अर्थात् चैत्र ११ गते इफ्तार पार्टीको आयोजना गर्यो ।
काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंले ५९औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।
काठमाडौं । नेपालको साँस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नयाँ भवन उद्घाटन भएको छ ।
जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको पनि उतिकै सहभागिता, सदभाव, अपनत्व र लगानी पनि छ ।
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मधेशी आयोगले मधेशी समुदायको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।
बाँके । नरैनापुर गाउँपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई स्वागत गरिएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले भन्सार विद्येयक भन्सार उठाउनको लागि हो कि लुट्नको लागि हो ? भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएका छन् ।
काठमाडौंं । मानव अधिकारकर्मी तथा आम जनता पार्टीकी नेतृ सुनिता साह ‘क्रान्ति’लाई ग्लोबल हुमैन राइट्स प्रोटेक्सन फोरमले सम्मान गरेको छ ।
काठमाडौँ । सरकारमा सम्मिलित पाँच राजनीतिक दलहरूले सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गरेका छन् ।