राकेश यादव, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ मा नेकपा एमालेको बहुमतको सरकार बन्ने बताएका छन् ।

सप्तरी । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको नाममा सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।

रौतहट । रौतहटको मौलापुर नगरपालिका वडा नं. ९ मा फर्जी विवाहका लागि नगरपालिकाबाट आर्थिक सहयोग लिने प्रयास असफल भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । कुमारी बविताको अध्यक्षतामा ६५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

बारा । सुवर्ण गाउँपालिका–२ सतगंज बोर्डरमा ना.३ ख ९९९० नम्बरको बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मोरङ । ग्रामथान गाउँपालिका–२ सुखानी खोला छेउस्थित सडकमा को.२३ प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बारा । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले ’समुदायमा कांग्रेस’ अभियानबाट प्राप्त सुझावहरु समेटेर लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) ले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेको छ ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

काठमाडौं । नेपालका खेलकुदमन्त्री दिगबहादुर लिम्बु र भारतका समकक्षी अनुराग सिंह ठाकुरबीच भेटवार्ता भएको छ ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (सिएससीईसी) लाई कडा चेतावनी दिएका छन् ।

महोत्तरी । मटिहानी नगरपालिका वडा नं. १ को वडास्तरीय स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत श्री राष्ट्रिय माध्यमिक विद्यालय सिरसियामा अध्ययनरत छात्र छात्राहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

राकेश यादव, रौतहट । रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाई कुटपिट गरि घरबाट निकाला गरेको घटना बाहिरिएको छ ।

कपिलवस्तु । बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु.४ त ५१११ नम्बरको ट्याक्टरले लु.५५ प ८६८७ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७ वर्षीय ईश्वर थारूको मृत्यु भएको छ । 

जनकपुरधाम । जनकपुरधाममा संघीयता, लोकतन्त्र र गणतन्त्र विरुद्ध अराजकता फैलाउने कोशिश गरिरहेका तत्वहरु विरुद्ध गणतन्त्रवादीहरूले बिगुल फुकेका छन् ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले आर्थिक बर्ष २०८१/८२ का लागि रुपान्तरणकारी परियोजनाहरु ल्याउँने तयारीमा जुटेको छ ।

बर्दिवास । दिगो विकासतर्फको महत्वपूर्ण कदममा बर्दिवास नगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ।

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी नेताहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आजपाको केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौं नवप्रवेशीलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनीहलाई पार्टीमा स्वागत गरेका छन् ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले कुनै पनि सरकारी जग्गा बाँझो नराखी त्यसको संरक्षण एवं सुरक्षा गर्दै त्यसमा उपयुक्त बाली लगाउनुपर्ने निर्देशन दिएका छन् ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का युवा बैज्ञानिकहरुलाई उच्च मनोबलका साथ काम गर्न र नेपाली कृषकको आयस्तरमा सुधार ल्याउँने गरी अनुसन्धान कार्यलाई प्रभावकारी बनाउँनुपर्ने बताएका छन् ।

पोखरा । चिनियाँ महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बीआरआई परियोजना मुलुकका लागि ऋणजाल भएको भन्दै पोखरामा प्रदर्शन गरिएको छ ।

वीरगन्ज । नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले सामाजिक एवं धार्मिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेका राष्ट्रिय बजरंग दल पर्सा र समाजसेवी नरेन्द्र साहलाई सम्मान गरेको छ ।

महोत्तरी । सामाजिक सुरक्षा कोष काठमाडौँ र मटिहानी नगरपालिका बीच अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार ब्यक्तिको सामाजिक सुरक्षा योजना संचालनका लागि बर्दिवासमा सम्झौता भएको छ ।

ट्रेन्डिङ