बारा। बारामा राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल र पोखरा अन्र्तराष्ट्रीय विमानस्थल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रूपन्देही । बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क पिपलबोटस्थित सोही उपमहानगरपालिका–५ अमरपथ बस्ने राम जैसवालको जानकी गार्मेन्ट सप्लायर्समा आगलागी भएको छ ।
बाँके । कोहलपुर नगरपालिका–१४ पार्बतीपुरस्थित सडकमा भे.१ ख ४०३३ नम्बरको मिनिबस र ना.५ ख ८५६६ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले आज मधेश बन्द गरेको छ । आज बिहानै देखी आजपाका नेताकार्यकर्ताले मधेशका बिभिन्न शहरमा प्रदर्शन गरिरहेका छन् ।
सुनसरी । सांसद भगबती चौधरीले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेको अरिहन्त जुट मिलमा कार्यरत श्रमिकहरुको समस्या बुझ्न गएकी छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनमत पार्टीमा राजनीतिक संस्कार नदेखिएको बताएका छन् ।
काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनका क्रममा भएको भनिएका अनियमितताबारे छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ ।
काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेशी समुदायलाई लक्षित गरी गालिगलौज, अपमानजनक शब्द प्रयोग गर्ने, नश्लीय व्यवहार गर्ने व्यक्ति वा संस्थालाई कारवाही गर्न प्रहरीलाई संवेदनशील र सचेत बनाउन नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरलाई निर्देशन दिएका छन् ।
महोत्तरी । औरही नगरपालिका–२ मुसहरी टोल बस्ने ७५ वर्षीया गोलिया देवी सदाको आगो ताप्ने क्रममा जलेर मंगलबार साँझ मृत्यु भएको छ ।
कैलाली । घोडाघोडी नगरपालिका–१० पहलमानपुर बस्ने ४० वर्षीय धन बहादुर शाहको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।
बर्दिया । प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
राकेश यादव, रौतहट । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ५ मा हनुमान जी तथा ब्रहमबाबाको मन्दिरमा आगो लगाएको घटना सार्बजनिक भएको छ ।
काठमाडौं । मधेशवादका प्रणेता एवं नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको २२औं पुण्यतिथि काठमाडौंलगायत मधेशका विभिन्न जिल्लाहरुमा मनाइरहेको छ ।
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारको गलत नीतिका कारण संसारकै सम्भावनायुक्त भौगोलिक विविधता भएको देश नेपाल अल्पविकसित मुलुकको सूचीमा गएको बताएका छन् ।
काठमाडौं । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ ।
काठमाडौं । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध हुन् गण्डकी प्रदेशका ३२ स्थानीय तहले एकै पटक सम्झौता गरेका छन् ।
वीरगन्ज । चीनको विरोधमा वीरगन्जमा प्रदर्शन गरिएको छ । चिनियाँ महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बीआरआई परियोजना मुलुकको लागि ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन गरिएको हो ।
बारा । जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट करिब १ लाख १३ हजार १ सय ७० रूपैयाँ मूल्य बराबरको ५३ तोला चाँदीका विभिन्न गरगहनासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम । राम जन्मभूमि अयोध्यामा नवनिर्मित मन्दिरमा भगवान रामको प्रतिमामा प्राण प्रतिष्ठाको अवसरमा सीमानाकामा भजन किर्तन एवं दीप प्रज्ज्वलन गरिएको छ ।
सुनसरी । देवानगंज गाउँपालिका–६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।