सुनसरी । आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
काठमाडौं । ललितपुर उच्च अदालतले गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशन तथा निर्वाचनमा गरिएको धाँधली बारे छानबिन गर्न नेपाल सरकारद्वारा गठित समितिलाई छानबिन गर्न बाटो खुला गरी दिएको छ।
राकेश यादव, रौतहट । जिल्लाको गरुडा नगरपालिकामा लगाइएको ताला अहिलेसम्म खुलेको छैन । गएको पुस २० गतेका दिन विभिन्न माग राख्दै उपप्रमुख पुनम चौधरीको नेतृत्बमा कार्यालयमा लगाइएको ताला २५ दिन बितिसक्दा पनि यथावत नै रहेको हो ।
काठमाडौं । नेपाल सरकारले मल खरिद, विक्री एवं वितरण प्रक्रियालाई अझै व्यवस्थित गर्न लागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई सहजरुपमा मल पाउँने गरी व्यवस्थित गर्न लागेको हो ।
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले पछिल्लो समय संगठन बिस्तार, सुद्दिढीकरण, पुनर्गठन जस्ता अभियानलाई तीब्रता दिएको छ ।
काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले तराई–मधेशसँग जोडिएका नेपाल–भारत सीमामा देखा परेका विभिन्न समस्याहरु जस्तै लागूऔषध ओसारपसार, मानव तस्करी, चेलीबेटी बेचबिखन जस्ता समस्याहरुलाई न्यूनीकरण गर्न सशस्त्र प्रहरीलाई अझै संवेदनशील हुन् सशस्त्र प्रहरीलाई सचेत गराएका छन् ।
राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुँमा एक विवाहिता महिलाको हत्या गरिएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्च र भन्सार कानून सुधार संघर्ष समितिले भ्रष्टाचार विरुद्ध २० माघमा काठमाडौंमा मोटरसाईकल र्याली निकाल्दैछ ।
नेपालगन्ज । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।
सुनसरी । पछिल्लो समय समाज एकले अर्कालाई पछारेर कसरी अगाडी बढ्ने प्रतिष्पर्धामा उत्रिनु दुखःद भएको बताउँदै राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिँदै समुन्नत समाज निर्माणमा काम गर्नु जरुरी रहेको बताएकी छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध प्रवास सङ्गठन नेपाली समाज कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
काठमाडौं । सत्तासिन नेकपा(माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनको कार्यक्रममा मन्त्री सुदन किरातीको व्यापक आलोचना भएको छ ।
रौतहट । रौतहट जिल्लाको गौरमा रहेका प्रादेशिक अस्पतालका डाक्टरले ५ दिन अगाडी सम्मको हाजिरी गरेको खुलासा भएको छ ।
राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौरबासीले देखेका सपना छिट्टै पूरा हुने बताएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघको बागमती प्रदेश समिति पुनर्गठन भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) को आह्वानमा भएको मधेश बन्दका क्रममा पकाउ परेका नेता–कार्यकर्तालाई पार्टीले सम्मान गरेको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।
बारा। बारामा राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल र पोखरा अन्र्तराष्ट्रीय विमानस्थल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रूपन्देही । बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क पिपलबोटस्थित सोही उपमहानगरपालिका–५ अमरपथ बस्ने राम जैसवालको जानकी गार्मेन्ट सप्लायर्समा आगलागी भएको छ ।
बाँके । कोहलपुर नगरपालिका–१४ पार्बतीपुरस्थित सडकमा भे.१ ख ४०३३ नम्बरको मिनिबस र ना.५ ख ८५६६ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले आज मधेश बन्द गरेको छ । आज बिहानै देखी आजपाका नेताकार्यकर्ताले मधेशका बिभिन्न शहरमा प्रदर्शन गरिरहेका छन् ।
सुनसरी । सांसद भगबती चौधरीले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेको अरिहन्त जुट मिलमा कार्यरत श्रमिकहरुको समस्या बुझ्न गएकी छन् ।