काठमाडौं, १० पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ ।
रौतहट, १० पुस । सशस्त्र प्रहरी परिवार महिला संघले रौतहटको चन्द्रपुर–१ स्थित जुडिबेलाका दलित, विपन्न परिवारलाई कम्मल, झुल र सल वितरण गरेको छ ।
बाँके, १० पुस । बालविवाहरहित समाजको विकास गरी सभ्य र समृद्ध जिल्ला निर्माणमा बाँकेका स्थानीय तह सक्रिय भएका छन् ।
सिरहा, १० पुस । सिरहाका होटल तथा रेष्टुराँको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ ।
काठमाडौं, १० पुस । भारतको दिल्ली सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको खोप प्राप्त गर्ने दिल्लीका ५१ लाख जनालाई छनोट गरेको छ ।
काठमाडौं, १० पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलनौ करोड भारतीय किसानको बैंक खातामा १८ हजार करोड भारतीय रुपैयाँ ट्रान्सफर गरिदिँदै छन् ।
काठमाडौँ, १० पुस । भारतका एक मात्र र पहिलो अन्तरिक्षयात्री राकेश शर्माले नेपाली विद्यार्थीहरुसँग अनलाइन मार्फत अन्तरक्रिया गरेका छन् ।
काठमाडौं, १० पुस । भारतबाट जीटूजीमा (सरकार(सरकार) रासायनिक मल खरिद गर्नेबारे रोकिएको छलफल एक वर्षपछि पुनः अघि बढेको छ ।
काठमाडौं, १० पुस । भारतका लागि नेपाली राजदूत निलम्बर आचार्य र भारतका थलसेना प्रमुख मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ ।
काठमाडौं, ९ पुस । नेपालका प्रतिनिधिसभा विघटन भएपछि भारतले औपचारिक रुपमा चासो व्यक्त गरेको छ । भारतले यस घटनालाई नेपालको आन्तरिक मामिल भनेर प्रतिक्रिया जनाएको छ ।
सिरहा, ९ पुस । सिरहामा फुसको छानामुक्त बनाउने अभियान सुरु गरिएको छ । फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र वर्षेनी परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले फुसको छानो विस्थापित गर्न अभियान सुरु गरेको हो ।
काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पार्टी भित्र दुई अध्यक्षीय प्रणालीलाई अस्वीकार गर्न आह्वान गरेका छन् ।
काठमाडौं, ९ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभा बैठक आह्वान गर्न आग्रह गरेका छन् ।
राजविराज, ९ पुस । सामूहिक बलात्कारको घटनाबाट पीडित १७ वर्षीया बालिकालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा फरार रहेका मुख्य पञ्च शत्रुघ्न मण्डल पक्राउ परेका छन् ।
निजगढ, ९ पुस । बाराको निजगढमा निर्माण हुन लागेको अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई रु ४४ करोड मुआब्जा वितरण गरिएको छ ।
काठमाडौं, ९ पुस । जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरेको बताएका छन् ।
पर्सा, ८ पुस । वीरगन्ज महानगरपालिकामा रहेको कब्रिस्तानमा आवत जावतको लागि समस्या भएपछि वीरगञ्ज महानगरपालिकाले सडकको लागि जग्गा खरिद गरेको छ ।
काठमाडौं, ८ पुस । महिला अधिकार र सशक्तीकरणका लागि काम गरिरहेको गैर—सरकारी संस्था, जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरुलाई सशक्त पार्ने पहलमा हेमिस्फियर फ्याशन र टीच फर नेपाल ...
काठमाडौं, ८ पुस । संसद विघटनविरुद्धमा जनता समाजवादी पार्टी नेपालले देशव्यापीरुपमा विरोध प्रदर्शन गरेको छ ।
झापा, ८ पुस । झापाको मेचीनगरपालिका– १३ स्थित चारआलीमा सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढाइएको छ ।
काठमाडौं, ८ पुस । भारतको सहयोमा नेपालमा सञ्चालित परियोजनाका विषयमा मिशन उपप्रमुख नामग्या खम्पाले जानकारी लिएकी छन् ।
सर्लाही, ८ पुस । हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ ।
काठमाडौं, ८ पुस । प्रचण्ड–माधव समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।