काठमाडौं, ७ मंसिर । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस बर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गर्ने निर्णय गरेको छ ।
लहान, ७ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै गए राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ ।
कावासोती, ७ मंसिर । सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा प्रदान गरेको छ ।
बाँके, ७ मंसिर । बाँके जिल्लाका विभिन्न सडकमा निर्माण भएका दर्जन बढी साना पक्की पुलहरू जीर्ण बन्दै गएका छन् । निर्माणपछि हालसम्म पनि मर्मत नहुँदा जीर्ण बनेका ती पुल जोखिमपूर्ण पनि भएका छन् ।
काठमाडौं, ६ मंसिर । काठमाडौँस्थित भारतीय दूतावासद्वारा नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको प्रमूख आतिथ्यमा भारतीय प्राविधिक तथा आर्थिक सहकार्य(आइटेक) तथा मौलाना आजाद दिवस होटल हयातमा मनाइएको छ ।
राम नारायण पंडित, सिरहा, ६ मंसिर । सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
सुनसरी, ६ मंसिर । सुनसरी दुहबीमा अज्ञात समूहको गोली लागी मृत्यु भएका फिदा हुसेनलाई शहीद घोषणा गर्ने भएको छ ।
बर्दिया, ६ मंसिर । बढैयाताल गाउँपालिका– ३ गोब्रेपुरुका ३५ वर्षीय मोहन खटिकको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय मैनापोखरले तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
सिरहा, ६ मंसिर । सिरहामा तीर्थयात्री सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
रौतहट, ६ मंसिर । स्थानीय तहको निर्वाचन सम्पन्न भएर गाउँ स्तरमा जनप्रतिनिधि गएसँगै राजनीतिक स्थायित्वको महसुस हुन थालेको छ ।
पर्सा, ६ मंसिर । वीरगन्ज महानगरपालिका–१६, लक्ष्मणवामा छ करोडको लागतमा निर्माण हुने ३० कोठे सुविधा सम्पन्न तीन तले विद्यालय भवनको शिलान्यास भएको छ ।
मोरङ, ६ मंसिर । मोरङको उर्लाबारी नगरपालिका–७ का भक्तिराम अधिकारीको घरमा मङ्गलबार दिउँसो १ः३० बजेतिर आगलागी भयो ।
पर्सा, ६ मंसिर । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको रु. छ लाखभन्दा बढी मूल्यको चाँदीसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
जनकपुरधाम, ५ मंसिर । प्रत्येक वर्ष जस्तै यो वर्ष रामजानकी विवाह पञ्चमी महोत्सव धुमधामसँग मनाउने तयारी थालिएको छ ।
काठमाडौं, ५ मंसिर । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक मङ्सिर १४ र १५ गते विराटनगरमा हुने भएको छ ।
उदयपुर, ५ मंसिर । उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ ।
महोत्तरी, ५ मंसिर । सोनमा गाउँपालिका–३ खखना गाउँमा डकैती गरेको अभियोगमा प्रहरीले सोमबार तीन जनालाई पक्राउ गरेको छ ।
महोत्तरी, ५ मंसिर । महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् ।
परासी, ५ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् ।
कैलाली, ५ मंसिर । उद्यमशीलताको विकास तथा प्रवद्र्धनका लागि धनगढीमा अन्तर्राष्ट्रियस्तरको उद्यमशीलतासम्बन्धी सम्मेलन हुने भएको छ ।
सुनसरी, ५ मंसिर । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ ।
जनकपुरधाम, ४ मंसिर । प्रदेश २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मंसिर ५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।