कैलाली, ८ कार्तिक । सङ्घीय सरकारको निर्णयानुसार सुदूरपश्चिम प्रदेशका छ जिल्लामा कृषि ज्ञान केन्द्र र पाँच जिल्लामा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ ।
जनकपुरधाम, ८ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयको कक्षाकोठा तथा पर्खाल भत्काएको भन्दै विरोधमा सडकमै पठनपाठन गराएको छ ।
बुटवल, ८ कार्तिक । बुटवल उपमहागरपालिकाले शुरु गरेको सहुलियतमा घर नक्शा डिजाइनको सेवा लिएका सेवाग्राहीलाई सम्मान गरेको छ ।
विराटनगर, ८ कार्तिक । भारतीय नेपालीभाषी साहित्यकारको सम्मानमा कविगोष्ठी आयोजना गरिएको छ ।
सप्तरी, ७ कार्तिक । प्रदेश २ का प्रहरी प्रमुख दिनेश अमात्यले काचनमा नवनिर्मित प्रहरी भवनको एक समाहरोहबीच उद्घाटन गरेका छन् ।
बाँके, ७ कार्तिक । ज्याला वृद्विको माग गर्दै बाँके जिल्लाको खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क) मा कार्यरत दैनिक ज्यालादारी मजदुर आन्दोलनमा उत्रेका छन् ।
काठमाडौँ, ७ कार्तिक । पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले सम्पूर्ण तयारी पूरा गरेको छ ।
सप्तरी, ७ कार्तिक । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ/घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए ।
नवलपरासी, ७ कार्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न थालिएको छ ।
पर्सा, ७ कार्तिक । वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि एक महिलाले तेजाब प्रहार गरेकी छन् ।
रौतहट, ७ कार्तिक । राजदेवी नगरपालिकाको दोस्रो नगर परिषद् शान्तिपूर्ण वातावरणमा मंगलबार सम्पन्न भएको छ ।
काठमाडौं, ७ कार्तिक । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी प्रधान कार्यालय
रौतहट, ६ कार्तिक । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जनभावना विपरीत कार्य गरेमा ठूलो दुर्घटना हुन सक्ने बताएका छन् ।
रुपन्देही, ६ कार्तिक । सानो लगानीमा राम्रो आम्दानी भएपछि रुपन्देहीमा घरेलु उद्योग खुल्नेको संख्या बढेको छ ।
दिनेश ठाकुर, नेपालगञ्ज, ६ कार्तिक । विजयादशमी चलिरहँदा बाँकेमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ६ कार्तिक । नवलपरासी पाल्हीनन्दन गाउँपालिका–१ बस्ने ३५ बर्षीय गणेश मल्हाको कुटपिटबाट मंगलबार मृत्यु भएको छ ।
काठमाडौं, ६ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव वल्र्ड इन्भेष्टमेन्ट फोरमको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् ।
विराटनगर, ६ कार्तिक । मोरङ्गका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सबै सरकारी कार्यालयलाई सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिएका छन् ।
जनकपुरधाम, ६ कार्तिक । ११ हजार रुपैयाँ घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार अख्तियारको फन्दामा परेका छन् ।
ललितपुर, ६ कार्तिक । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका छन् ।
भद्रपुर, ६ कार्तिक । ग्यारेजमा राखिएको मकालु यातायातमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु, ६ कार्तिक । कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ ।
नवलपरासी, ६ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।