धनगढी, २४ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमावर्ती गौरीफन्टा नाकाको निरीक्षण गरी उक्त नाका हुँदै भित्रिइरहेका नागरिकले झेल्नु परेको समस्याका बारेमा जानकारी लिएका छन् ।
विराटनगर, २४ असोज । प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताए ।
रौतहट, २४ असोज । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालवामा आयोजित दुर्गा पूजा समितिको आयोजनामा भव्य कलश शोभा यात्रा सम्पन्न भएको छ ।
काठमाडौं, २४ असोज । रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणको काम निर्धारित समयमै पूरा हुने भारतीय नीति आयोगका उपाध्यक्ष राजीव कुमारले बताएका छन् ।
बुटवल, २४ असोज । रुपन्देहीका थारू र मधेशी समुदायमा दशैँको उत्साह र उमङ्ग देखिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्र भगवानका प्रतिमा र भजनले झकिझकाउ देखिएका छन् ।
राजविराज, २४ असोज । बडादशैँको अवसरमा यहाँका दुई शक्तिपीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज घटस्थापनाको दिन छिन्नमस्ता शक्तिपीठ र भारदहस्थित
काठमाडौं, २३ असोज । सर्वोच्च अदालतलले यही असोज २४ गते घटस्थापनाका दिनदेखि आगामी कार्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको छ ।
नेपालगञ्ज, २३ असोज । करीब दुई दशकको कठोर सङ्घर्ष र प्रयासपछि बाँके राप्तीसोनारी गाउँपालिका कुसुम क्षेत्रका बासिन्दाको बिजुली बत्ती बाल्ने सपना पूरा भएको छ ।
महोत्तरी, २३ असोज । प्रदेश नं. २ सरकारले पखालाबाट मृत्यु भएका महोत्तरीका दुई जना परिवारलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गर्ने भएको छ ।
इटहरी, २३ असोज । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत अरुण गुप्ताले ‘न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ’ विषयमा विद्यावारिधि प्राप्त गरेका छन् ।
जनकपुरधाम, २३ असोज । प्रदेश नं २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सहयोग पु¥याउने उद्देश्यले बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयले मंगलबारदेखि यहाँ बालिकाको शिक्षा चुनौती कार्यक्रम शुभारम्भ गरेको छ ।
घोराही, २३ असोज । थारू समुदायको संस्कृति र पहिचानसँग जोडिएर स्थापना गरिएको एक मात्र थारू सङ्ग्रहालय अहिले संरक्षणको अभावमा सङ्कटमा परेको छ । सरक्षणको अभावमा थारू जातिसँग जोडिएर निर्माण गरिएका
वीरगंज, २३ असोज । तराई हस्पिटल एण्ड रिसर्च सेन्टर वीरगंजले आफ्नो प्रथम वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
बर्दिवास, २३ असोज । नेपाल नेत्रहीन संघले २२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
भद्रपुर, २३ असोज । झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् । गत वर्ष जिल्लामा
महोत्तरी, २२ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले दुई साताअघि महोत्तरीको जलेश्वर नपा १२ नैन्हीमै फैलिएका झाडा पखालाले मृत्यु भएको परिवारलाई एक एक लाख क्षतिपूर्ति दिइने घोषणा गरेका छन् ।
उर्लाबारी, २२ असोज । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
राजविराज, २२ असोज । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन् ।
काठमाडौँ, २२ असोज । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ ।
नवलपरासी, २२ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले मेलमिलाप इजलास स्थापना गरी न्यायिक समितिमा परेका मुद्दालाई फैसला गर्न थालेको छ ।
इमरान खान, कपिलवस्तु, २२ असोज । नेपाल नेत्र ज्योति संघ कपिलवस्तुको निर्वाचन २०७५ सम्पन्न भएको छ ।
रुपन्देही, २२ असोज । रुपन्देहीमा क्यान्सर डाईनोसिस एण्ड रिसर्च सेन्टर स्थापना हुने भएको छ । रोटरी क्लबहरुको पहलमा रुपन्देहीमा क्यान्सर अस्पताल निर्माण गर्न थालिएको हो ।