राजविराज, १३ कार्तिक । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जेष्ठ नागिरकको आँखा र कान उपचारका लागि मन्त्रालयले ५ करोड रकम छुटाएको बताएका छन् ।
राजविराजमा आयोजित अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सप्तरीका पाँच जना उत्कृष्ट जेष्ठ नागरिकलाई सम्मान कार्यकममा मंन्त्री साहले सो बताएका छन् ।
उनले भने, ‘जेष्ठ नागिरकको सम्मान दोसल्लाबाट मात्र नभई हृदयबाट हुनुपर्ने हो । जेष्ठ नागरिक तथा असहायको इज्जत, सम्मान सबैले गर्ने संस्कारको विकास गर्नुपर्छ ।’
मन्त्री साहले प्रदेश नम्वर २ का सबै जेष्ठ नागिरकलाई सम्मान गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै आउने दिनमा उनीहरूको जिवनमा आईपर्ने समस्याको बारेमा पनि आफू सक्दो सहयोग गर्ने बताए ।
मंगलबार राजविराजमा प्रदेश २ को सामाजिक बिकास मन्त्रालयद्वारा आयोजित सम्मान कार्यक्रममा जेष्ठ नागरिकलाई मन्त्री साहले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरूमा बोदेबरसाईन नगरपालिका ५ का कोशिला यादव, राजबिराज नगरपालिका ७ का लखन साह, खडग नगरपालिका ८ का बदु मियाँ, राजविराज नगरपालिका ५ का दुर्गा मिश्र तथा तिलाठीकोईलाडी गाउँपालिका १ का चुनचुन देबी झालाई दोसल्ला, ब्लायांकेट, छाता, बैसाखी लगायतका सामग्रीबाट उनीहरूलाई सम्मान गरेको हो ।
सो अवसरमा प्रदेश २ का महिला, बालवालिका तथा जेष्ठ नागिरक शाखाका प्रमुख मिरा मिश्रले अन्तर्राष्ट्रिय जेष्ठ नागिरक दिवसको अवसरमा प्रदेशको ८ वटै जिल्लामा उत्कृष्ठ जेष्ठ नागिरकलाई सम्मान गर्ने कार्यक्रम रहेको बताए ।
जेष्ठ नागरिक सप्तरीका अध्यक्ष शिवहरी भटराईको अध्यक्षतामा आयोजित तथा जिल्ला समन्वय समिति सप्तरीको संयोजनमा संचालित सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य लक्ष्मी साफी, निमित्त जिल्ला समन्वय अधिकारी नवराज खडका, राजपाका केन्द्रिय सदस्य विशेश्वर रजक, दिपेन्द्र चौधरी, नरेन्द्र यादव, उपेन्द्र साह, पुनम यादव, युवा नेता विनोद यादव, जिल्ला समन्वय समिति कार्यालयका कमली विराजी लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया