सिरहा, १३ कार्तिक । सिरहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग लिएको दुई लाख घुससहित नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई मगंलबार पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले जानकारी दिए ।
एक सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्ने कर्मचारीको लापरवाहीले १ कठ्ठा ३ धुर लेखिएको श्रेस्ता सच्याउन सर्वेक्षक चौधरीसँग एक वर्ष अधिदेखि मोलमोलाई हुदै आएको जनाएको छ । श्रेस्ता सच्चयाउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख घुस मागेको भएपनि उनीहरु धेरैपछि मात्र दुई लाखमा टुङ्गिएको बुझिएको छ ।
सेवाग्राहीको सहयोगमा चौधरीलाइ नियन्त्रणमा लिएको उपरीक्षक केसीले बताए । पक्राउ परेका चौधरीलाई अख्तियार टोलीले कार्यालयमै राखेर मुचुल्का उठाई आवश्यक कार्यवाहिको लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास लगिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया