श्रीमानविरुद्ध जबर्जस्ती करणी मुद्दा

समाचार

10/30/2018

कञ्चनपुर, १२ कार्तिक । श्रीमान्विरुद्ध भीमदत्तनगरपालिका–२ भाँसीकी मञ्जु बडालले जबर्जस्तीकरणी मुद्दा प्रहरीमा दिएकी छन् ।

श्रीमान् डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । “मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरेका छौँ,” उनले भने । मुद्दा दर्तापछि डम्बरलाई पक्राउ गरिएको छ ।

मुलुकी संहिता लागू भएपछि यस्तो प्रकारको घटना पहिलो पटक आएको उनको भनाइ छ । अपराध संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसूरको दफा ९४० को उपदफा ९३० मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरे पाँच वर्ष कारागार सजायको व्यवस्था छ ।

उक्त व्यवस्थानुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओझाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ