9/16/2018

राकेश यादव, रौतहट, २७ भाद्र । गौर नगरपालिकाले कार्यालय नजिकै बालबालिकाहरुका लागि बनाइएको चिल्ड्रेन पार्क अब सञ्चालनमा आउने भएको छ । निर्वाचित जनप्रतिनिधि विहीनताको समयमा निर्माण गरिएको पार्क संरक्षणको आभावमा जीर्ण बनेको थियो ।

9/16/2018

जनकपुरधाम, २६ भाद्र । जनकपुरधाम उपमहानगरपालिकाले तीज र चौरचन पर्वका अवसरमा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

9/16/2018

राकेश यादव, रौतहट, २६ भाद्र । जूरी नेपालको आयोजनामा रौतहटको गौरमा सम्पन्न भएको बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ को प्रभावकारी कार्यान्वयनका लागि नागरिक संस्थाहरुको भूमिका विषयक जिल्ला स्तरीय परामर्श कार्यक्रममा सहभागीहरुले बालविवाह रोक्ने सकारात्मक भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । 

9/16/2018

जनकपुरधाम, २६ भाद्र । नेपाल–भारत खुल्ला सिमाना सम्वाद समूहको पहिलो बृहत अन्तरक्रिया कार्यक्रम प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा विभिन्न राजनीतिक दलका नेता, वुद्धिजिबी, नागरिक समाजका आगुवा लगायत मिडियाका प्रतिनिधिहरुबीच उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

9/16/2018

राकेश यादव, रौतहट, २६ भाद्र । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले प्राध्यानध्यापकको विरुद्ध प्रदर्शन गरेका छन् ।

9/16/2018

बर्दिया, २६ भाद्र । सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई प्रहरीलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आन्तरिक शुद्धीकरण अभियानअन्र्तगत प्रहरी सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई कारवाही गरिएको जनाएको छ ।

9/16/2018

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २६ भाद्र । कपिलवस्तु निर्माण व्यवसायी संघको पाँचौ अधिवेशनबाट गुन्जन कुमार गुप्ता नेतृत्वको प्यानल बिजयी भएको छ । अध्यक्ष गुप्ताले ९६ मत प्राप्त गरि निर्वाचित भए भने उनका प्रतिस्पर्धी चन्द्र शेखर श्रेष्ठले ५२ मत प्राप्त गरे । 

9/16/2018

धनगढी, २६ भाद्र । प्रदेश ७ को प्रदेशसभाको बैठकमा प्रस्तुत गरिएको सेवा सुविधासम्बन्धी प्रतिवेदनमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक बाहेकका अन्य सेवा सुविधामा वृद्धि गरिएको छ ।

9/16/2018

विराटनगर, २६ भाद्र । प्रदेश नं १ को प्रदेशसभामा बसेको बैठकले प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।

9/16/2018

काठमाडौं, २५ भाद्र । प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाडौंस्थित भारतीय राजदूतावासका राजदूत मंजीव सिंह पुरीबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

9/16/2018

काठमाडौं, २५ भाद्र । उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको बर्दियामा एक कार्यक्रममा सहभागी हुँदा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरु रिहा भएका छन् ।

9/16/2018

चन्द्रकान्त खनाल, रुपन्देही, २५ भाद्र । विपद् व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई नमूना एकीकृत विकास परिषद्ले रबरबोटसहित अन्य विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ । 

9/16/2018

तुलसीपुर, २५ भाद्र । घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ ।

9/16/2018

राजविराज, २५ भाद्र । सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ ।

9/16/2018

नवलपरासी, २५ भाद्र । विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् ।

9/16/2018

काठमाडौं, २४ भाद्र । नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्ती गरेकी छन् ।

9/16/2018

इनरुवा, २४ भाद्र । रु ६७ लाखको लागतमा सुनसरीको इनरुवा नगरपालिका–९ बबिया र भोक्राहा नरसिंह गाउँपालिका–५ वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ ।

9/16/2018

बुटवल, २४ भाद्र । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीलाई बलियो बनाउन सभापतिलाई पूर्ण अधिकार दिनुपर्ने बताएका छन् ।

9/16/2018

परासी, २४ भाद्र । नेपालकै पहिलो बालमैत्री नगर घोषणा गरिएको पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि हातपात र कुटपिट गरेको भन्दै विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

9/16/2018

काठमाडौं, २४ भाद्र । संविधानको मूल मर्मअनुरुप गोपनीयता हकसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरू दिलेन्द्र बडू, शेरबहादुर तामाङ, नवराज सिलवाल, प्रेम सुवाल र कृष्णभक्त पोखरेलले संविधानको मूल मर्मअनुसार गोपनीयताको हकसम्बन्धी कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन् ।

9/16/2018

धनगढी, २४ भाद्र । झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरूको कैलाली जिल्ला अदालतमा बकपत्र लिने काम शुरु भएको छ । आइतबार तीन जना साक्षीको बकपत्र लिइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

9/16/2018

राजविराज, २४ भाद्र । विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ ।

9/16/2018

राकेश यादव, रौतहट, २३ भाद्र । मधेश पत्रकार महासंघको रौतहट जिल्लामा तदर्थ समिति गठन भएको छ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

9/16/2018

काठमाडौं, २३ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय काँग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ ।

9/16/2018

काठमाडौं, २२ भाद्र । भाद्र २४ गतेबाट अवकाश प्राप्त गर्न लागेका प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई टुँडीखेलस्थित सैनिक मञ्चमा उच्च सम्मान स्वरुप ईज्जत अर्पण कवाज प्रदान गरिनुका साथै जंगी अड्डामा आयोजित विशेष समारोहका साथ बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

ट्रेन्डिङ