9/16/2018

सुर्खेत, १७ भाद्र । नेपाल युवा संस्था संजाल (आयोन) कर्णाली प्रदेशले आईतबार कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री दल रावललाई पांच बुंदे मागपत्र बुझाएको छ ।

9/16/2018

अभिषेक गुप्ता, नयाँदिल्ली, १७ भाद्र । भारतको राजधानी नयाँदिल्लीमा नेपाल इन्डिया युथ मिशनले नेपाल भारत मैत्री सन्देशमा वृक्षरोपन अभियान सुरू गरेका छन् । नेपाल इंडिया युथ मिशनले आयोजना कार्यक्रम नेपाल भारत मित्रता सन्देशमा भारतको दिल्लीस्थित नयाँ अशोक नगर छठ घाटमा वृक्षरोपन गरी नेपाल भारत मित्रता बातावरण सन्देश दिएको छ ।

9/16/2018

विराटनगर, १७ भाद्र । प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार लेटाङ नगरपालिकामा ‘एक घर पाँच वृक्षरोपण अभियान’ शुभारम्भ गर्दै वातावरण स्वच्छ राख्न र आम्दानी बढाउनका लागि आ–आफ्नो घर जग्गामा बिरुवा रोप्नुपर्नेमा जोड दिएका छन् ।

9/16/2018

जनकपुरधाम, १७ भाद्र । प्रदेश भित्रको श्रोत साधनलाई समुचित प्रयोग गरी प्रदेश र देशलाई समृद्ध बनाउन प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

9/16/2018

काठमाडौं, १७ भाद्र । प्रहरीको लापरवाही र ढिलासुस्तीका कारण समयमा उपचार नभई राम मनोहर यादवको मृत्यु भएको तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)को निष्कर्ष रहेको छ । थर्ड एलायन्सले आइतबार एक विज्ञप्ति जारी सो घटनाप्रति थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

9/16/2018

चन्द्रकान्त खनाल, रुपन्देही, १६ भाद्र । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक शेरबहादुर बस्नेतले आम नागरिकको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख चुनौती रहेको बताएका छन् ।

9/16/2018

बर्दियाका मधेशी राजनीतिक कार्यकर्ता राम मनोहर यादवको प्रहरी थुनामा मृत्यू भएको छ । यो सामान्य घटना नभै प्रहरी थुनामा दिइएको यातनाका कारणले मृत्यू भएको हो । राज्यको यस जघन्य अपराधको जतिनै निन्दा गरेपनि अपुग हुनेछ ।

9/16/2018

काठमाडौं, १६ भाद्र । पप्पु कन्स्ट्रक्सनका निर्देशक सुमित रौनियारले गत शनिबार रौतहटको लालबकैया नदीमा भएको डुंगा दुर्घटनामा पप्पु कन्स्ट्रक्सनको कुनै दोष नरहेको स्पष्ट पारेका छन् ।

9/16/2018

बाँके, १६ भाद्र । बर्दिया जिल्ला प्रहरीको हिरासतमा रहेका बाँके गनापुर कपासी (जानकी गाउँपालिका–६) बस्ने स्वतन्त्र मधेश गठबन्धन बाँके जिल्लाका नेता राम मनोहर यादवको हिरासतमैं मृत्यु भएको छ ।

9/16/2018

काठमाडौं, १५ भाद्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलनले काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।

9/16/2018

नेपालगञ्ज, १५ भाद्र । तीन वर्ष अघि निर्माण सम्पन्न नेपालगञ्जको राँझादेखि जमुनहासम्मको सडकमा परेका खाल्डाखुल्डी नेपालगञ्ज उपमहानगरपालिकाले पुर्न थालेको छ ।

9/16/2018

जनकपुरधाम, १५ भाद्र । प्रदेश २ को सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

9/16/2018

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रका प्रयास बिमष्टेकको चौथो सम्मेलन काठमाडौंमा चलिरहेको छ । बिमस्टेक होस् वा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), त्यति संगठित र व्यवस्थित हुन सकेको छैन । नेपालले अहिले सार्क र विमस्टेक दुवैको अध्यक्षता गरिरहेको छ ।

9/16/2018

लहान, १५ भाद्र । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका बनिनियाँ, बेल्हा, थल्हा, राजपुर, बंठिया र कोरनियाहीस्थित विद्यालयलाई २/२ थान कम्प्युटर आज वितरण गरेका छन् ।

9/16/2018

जनकपुरधाम, १५ भाद्र । डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले जनकपुरधाममा आमसभा गर्न लागेको छ । संविधान जारी भएको दिनलाई कालो दिनको रूपमा मनाउन गठबन्धनले सो आमसभाको आयोजना गर्न लागेको हो ।

9/16/2018

बाँके, १५ भाद्र । नेपाल सरकारका उप प्रधानमन्त्री एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्ये एक जना जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा बिहिबार विहान अचेत अवस्थामा भेटिएका छन् ।

7/31/2018

काठमाडौं, १५ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् ।

7/31/2018

नेपालगञ्ज, १५ साउन । नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको

4/23/2018

कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदार अलपत्र परेका छन् ।

4/23/2018

सुर्खेतमा फोर्स गाडी र बस ठोक्कीदा ११ यात्रु घाइते भएका छन् ।

4/22/2018

एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौँको राष्ट्रिय सभागृहमा तनाव भएको छ । 

4/21/2018

सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य  तालीम चलाएको सूचना पाएको छ । 

4/21/2018

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे २१ मा नेपाल भ्रमणमा आउने भएका छन्। 

4/20/2018

हिजो राति पक्राउ परेका गुण्डा नाईके दीपक मनाङेको बाँकी कैद भुक्तान गर्नका लागि प्रहरीले डिल्लीबजार कारगार चलान गरेको छ ।

4/20/2018

राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग समेत प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ ।

ट्रेन्डिङ