नेपालगन्जमा रामलीला मञ्चनको रौनक

समाचार

10/10/2018

बाँके, २३ असोज । बडादशैँसँगै नेपालगञ्जमा रामलीला मञ्चनको रौनक शुरु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका– १३ बाँके बगियास्थित रामलीला मैदानमा मञ्चनको अन्तिम तयारी गरिएको छ । रामलीला क्षेत्रमा सरसफाइ, मैदान सम्याइ, सङ्गीत प्रणाली जडान र त्रिपाल लगाउने काम सकिएकाले रौनक छाएको सञ्चालक समितिका महामन्त्री जगदीशप्रसाद वैश्यले बताए ।

वृन्दावनका प्रसिद्ध कलाकार राधारमण शर्मा नेतृत्वको २५ जनाको टोली नै नेपालगञ्ज आइसकेको छ ।

सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कानोडियाले रामलीलालाई व्यवस्थित गरी प्रभावकारी सञ्चालनका लागि सबै पक्षसँग सहयोगको आग्रह गरेका छन् । बुधबार मञ्चनअघि शोभायात्रा गरिने रामलीला १५१ औँ शृङ्खलाका रुपमा शुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ