काठमाडौं, २२ असोज । ६ वर्षअघि निर्माण सुरु भएको विराटनगर बथनाह रेल्वे खण्डमा परीक्षणका लागि रेलको इन्जिन कुदाइने भएको छ ।
भारत बथनाहदेखि विराटनगर महाननगरपालिका १८ बुधनगरसम्म निर्माण गरिएको ट्रयाकमा परीक्षणका रुपमा रेलको इन्जिन कुदाइने भएको हो ।
रेलमार्ग निर्माणको ठेक्का लिएको भारतीय इरकोण इन्टरनेशनल लिमिटेडका जुनियर जनरल म्यानेजर प्रदीप कुमारले अक्टोबर महिनाभित्र नै परीक्षणकालागि ट्रायल गर्ने तयारी भएको जानकारी दिए ।
उनका अनुसार भारत र नेपाल तर्फ ७.६ किलोमिटर रेल्वे ट्रयाक बिच्छयाउने काम पुरा भएको छ । भारत तर्फ ५ र नेपालतर्फ करिब ३ किलोमिटर क्षेत्रमा रेल्वेको ट्रयाक बिच्छयाइएको छ । नेपालतर्फ अझै १० किलोमिटर क्षेत्रको काम बाँकी छ ।
रेल्वे ट्रयाक विराटनगर रंगेली सडकखण्ड अन्तरगत कटहरी खनिएको छ । ट्रयाक करिब १६ किलोमिटर खनिएपनि ७.६ किलोमिटर क्षेत्रमा मात्र रेलको लिक बिच्छ्याइएको छ ।
निर्माणाधीन रेल परियोजनाको रेल विभाग नेपालका महानिर्देशक बलराम मिश्रसहितको टोलीले अनुगमन पनि गरेको छ ।
भारत सरकारले ३ अर्ब ७३ करोड भारतीय रुपैयाँको लागतमा बथनाहादेखि कटहरीसम्म रेलमार्ग निर्माण गरिरहेको छ । हालसम्म २ अर्ब ३५ करोड रुपैया बरावरको काम सम्पन्न भएको प्रदिप कुमारले जानकारी दिए ।
तपाईको प्रतिक्रिया