काठमाडौं, २३ असोज । सर्वोच्च अदालतलले यही असोज २४ गते घटस्थापनाका दिनदेखि आगामी कार्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको छ ।
सर्वोच्च अदालतका सहप्रवक्ता नगेन्द्रकुमार कालाखेतीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज २४ देखि कार्तिक ७ गतेसम्म अदालतल बन्द रहने भए पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ ।
न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रयोजनका लागि विजयादशमी र उल्लेखित अवधिमा पर्ने शनिबारका दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ ।
दशैँ अवधिभर मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०६४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्नका लागिसमेत व्यवस्था मिलाइएको छ । सो निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतमा न्यायाधीशलाई तोकिसकिएको छ । मुद्दा हेर्ने अनुमति पाएका सबै तहका अदालत खुला रहने पनि विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया