नेत्रहीनको शिक्षा तथा स्वरोजगारको ग्यारेन्टी गर्नुपर्नेमा जोड

समाचार

10/9/2018

बर्दिवास, २३ असोज । नेपाल नेत्रहीन संघले २२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलवार महोत्तरीको बर्दिवासमा आयोजित साधारण सभामा नेत्रहीन संघका केन्द्रीय अध्यक्ष रमेश खरेलले अपांगता भएका व्यक्तिको रोजगार तथा शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

उनले भने राज्यको सबै निकायमा अपांगता भएका मानिसलाई सहभागिता गर्नुपर्ने माग गर्दै शिक्षाको विकासका लागि आत्मनिर्भर बनाउन सपांग जस्तै बनाउन तर्फ अगाडी बढनु पर्दछ ।

दृष्टीविहीन निर्मुल गर्ने हाम्रो प्रयास छ, सीप सकाएर निरमुल गर्ने, समाजमा पुनस्र्थापन गर्ने हाम्रो अभियान रहेको अध्यक्ष खरेलले बताए ।

सो अवसरमा नगरप्रमुख बिदुर कार्कीले सपांग जस्तै नेत्रहीनले काम गर्न सक्ने क्षमता रहेकोले रोजगार र सामाजिक सुरक्षा सबै निकायले जोड दिनुपर्ने बताउँदै नेत्रविहीनका लागि प्रदेशस्तरदेखि जिल्लास्तरमै विद्यालय स्थापना गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रदेश २ का भवेश झा प्रदेशस्तरमा नेत्रहीन संगठन गरेपनि प्रदेश स्तरमा अपांगताका लागि ठोस नीति ल्याउन सरकारसँग माग गरेका छन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलदेव मण्डल, सेभ द चिल्ड्रेनका मकर सार्की स्थानीय नेता सोमबहादुर कार्कीले बोलेका थिए ।

सो अवसरमा नेत्रहीन संघका प्रशिक्षक खोमराज शर्माले स्थानीय तहमा अपांगता भएका व्यक्तिको तथ्यांक लिने र अद्यावधिक गर्नु जरूरी छ, बताउँदै पहुँचको अधिकार भेदभाब नगर्नेे अधिकार संरक्षण राजनीतिक, नीति निर्माणमा सहभागिता, सांस्कृतिकमा, राज्यवाट पाउने, सामाजिक सुरक्षा तथा सूचना प्राप्त, सहज आवतजावतको अधिकार ऐनले दिएको बताए ।

उनले भने, निःशुल्क शिक्षा, छात्रवृत्ति अपांग, गुणस्तरीय, रोजगार शीप विकासमा समावेश गराउने दिएको छ, संघसंस्थामा रोजगार दिन ऐनले उल्लेख गरेकोले राज्यले सबै निकायमा रोजगारका ग्यारेन्टी गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ