महोत्तरी, २२ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले दुई साताअघि महोत्तरीको जलेश्वर नपा १२ नैन्हीमै फैलिएका झाडा पखालाले मृत्यु भएको परिवारलाई एक एक लाख क्षतिपूर्ति दिइने घोषणा गरेका छन् ।
झाडा पखाला प्रभावित क्षेत्रको निरीक्षण गर्न सोमबार नैन्ही पुगेका मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी र नगरपालिकाका पदाधिकारीहरुलाई धन्यवाद दिँदै आगामी दिनमा यस्तो महामारी फैलिन नदिने रणनीति तयार गर्न नगरपालिकालाई आग्रह समेत गरेका छन् ।
स्वच्छ खानेपानीको अभावमा झाडा पाखाला फैलिएको प्रतिवेदन आइसकेको बताउँदै उनले स्वच्छ खानेपानीका लागि चापाकलको व्यवस्थापन प्रदेश सरकारले छिटै गर्ने प्रतिवद्धता समेत जनाए । उनले स्वच्छ खानेपानिको लागि पुरै गाँउलाई पुग्ने ट्यांकी निर्माणको योजना बनाउन नगरपालिकालाई आग्रह गर्दै उनले त्यसमा आवश्यक सहयोग प्रदेश सरकार गर्न तैयार रहेको उनको कथन थियो ।
मुख्यमन्त्री राउतले अस्वच्छताका कारण यस्ता रोग हरु फैलिने गरेको उल्लेख गर्नु हुँदै सबैलाई आफनै घर बाट सरसफाईमा जुटन समेत आग्रह गरे ।
प्रभावित क्षेत्र निरिक्षणको क्रममा जलेश्वर नपाको मेयर रामशंकर मिश्र, पूर्व मन्त्री हरिनारायण यादव, प्रदेश सभा सदस्य रानीशर्मा तिवारी, किरण कुमारी राय सहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया