9/16/2018

काठमाडौं, २२ भाद्र । भाद्र २४ गतेबाट अवकाश प्राप्त गर्न लागेका प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई टुँडीखेलस्थित सैनिक मञ्चमा उच्च सम्मान स्वरुप ईज्जत अर्पण कवाज प्रदान गरिनुका साथै जंगी अड्डामा आयोजित विशेष समारोहका साथ बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

9/16/2018

कपिलवस्तु, २२ भाद्र । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहलाई मातृशोक परेको छ । किरण सिंहकी आमा गुन्जेश्वरी सिंहको शुक्रबार दिउँसो ३ बजेको समयमा कपिलवस्तु नगरपालिका ३ स्थित घरमै निधन भएको हो । 

9/16/2018

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २२ भाद्र । वाणगांगा नगरपालिकाको उच्च मा वि झण्डाका नेपाल विद्यार्थी संघ ईकाई समितिका सभापति २४ वर्षे स्वर्गीय शरद खनालको स्मृतिमा १ लाखको अक्षयकोष खडा गरिएको छ । 

9/16/2018

राकेश यादव, रौतहट २२ भाद्र । गौर नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक किरण ठाकुरले पित्त पत्रकारिताले चित दुखाउने काम भएको टिप्पणी गरेकी छिन् । 

9/16/2018

धरान, २२ भाद्र । भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई रामायण परिपथ मा जोड्ने अवधारणा ल्याएसँगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पहल गर्न थालेको छ ।

9/16/2018

काठमाडौं, २१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं निजामती सेवा दिवसको उपलक्ष्यमा सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीप्रति हार्दिक बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।

9/16/2018

काठमाडौं, २१ भाद्र । स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको मृत्युबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको छ ।

9/16/2018

सप्तरी, २१ भाद्र । तेस्रो मधेश आन्दोलनमा खुट्टा गुमाएका सप्तरीका हनुमाननगर कंकालिनी नगरपालिका–३ भारदहका श्रवणकुमार झालाई प्रदेश २ को सरकारले राहत रकम उपलब्ध गराएको छ ।

9/16/2018

जनकपुरधाम, २१ भाद्र । जनकपुरधामसहित वरिपरीका यात्रुलाई अब भारत विहार राज्यको राजधानी पटना पुग्न सहज हुने भएको छ । भारतको पटना पुग्न जनकपुरधामबाट सोझै बस सेवा सञ्चालन हुने भएकोले यात्रुहरूलाई सहज हुने भएको हो ।

9/16/2018

काठमाडौं, २१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन निर्देशन दिएका छन् । प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्ष समेत प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

9/16/2018

काठमाडौं, २१ भाद्र । भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा पशुपति दर्शनका लागि काठमाडौं आएका छन् । अन्तर्राष्ट्रिय मैत्री समाजको निमन्त्रणामा काठमाडौं आएका हुन । काठमाडौं आउने बित्तिकै उनले पशुपतिको दर्शन गरेका छन् ।

9/16/2018

कञ्चनपुर, २१ भाद्र । राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ ।

9/16/2018

सुर्खेत, २१ भाद्र । कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कृषि ज्ञानकेन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले दैलेखको नारायण नगरपालिकामा कृषि ज्ञानकेन्द्र दैलेखको औपचारिक उद्घाटन गरेका छन् ।

9/16/2018

जनकपुरधाम, २० भाद्र । नेपाल र भारतबीच सुमधुर सम्बन्ध निर्माण गर्ने उद्देश्यले जनकपुरधाममा नेपाल–भारत खुल्ला सिमाना सम्वाद समूह गठन गरिएको छ । 

9/16/2018

जलेश्वर, २० भाद्र । महोत्तरी जिल्लाको औरहीमा एक ७ महिनाकी बालिकालाई गरिएको हत्याको निन्दा गर्दै बुधबार सदरमुकाम जलेश्वरमा अधिकारकर्मीले मौन जुलुस प्रदर्शन गरेका छन् ।

9/16/2018

वीरगंज, २० भाद्र । भारत र भारत भएर नेपाललाई व्यापारिक रुपमा संसारसँग जोड्ने मितेरी पुलको बिग्रेको अवस्था सुधार गर्न पर्सा क्षेत्र नम्बर १ साँसद प्रदीप यादवको नेतृत्वमा अनुगमन गरिएको छ । 

9/16/2018

कपिलवस्तु, २० भाद्र । हरितालिका तीजको अवसरमा कपिलवस्तु बहुमुखी क्यामपस तौलिहवामा तीज गीत कार्यक्रम सम्पन्न गरिएको छ । विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभाको उजागर गर्न र मौलिक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको हो । 

9/16/2018

राकेश यादव, रौतहट, २० भाद्र । समग्र विकास सेवा केन्द्र सम्पर्क कार्यालय रौतहटको आयोजनामा सार्वजानिक सुनवाई कार्यक्रम गौरस्थित नेपाल वार एशोसिएशनको सभाहलमा बुधवार सम्पन्न भएको छ । 

9/16/2018

काठमाडौं, २० भाद्र । संवैधानिक परिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ ।

9/16/2018

जनकपुरधाम, १९ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले प्रदेशको विकासका लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

9/16/2018

काठमाडौं, १९ भाद्र । प्रहरी हिरासतमा रहेका बेला बिरामी भई उपचारको क्रममा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको शव उनका परिवारजनले अहिलेसम्म पनि पाएका छैनन् । 

9/16/2018

काठमाडौं, १९ भाद्र । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डब्ल्यूएचओको दक्षिण पूर्वएशिया क्षेत्रको ७१औँ बैठकमा सहभागिता जनाएका छन् ।

9/16/2018

जनकपुरधाम, १९ भाद्र । भारतका सडक परिवहन राज्यमन्त्री मनसुख लक्ष्मणभाइ माण्डवीयाले जनकपुरधाममा सञ्चालित दुई ठूला भारतीय लगानीको परियोजनाहरुको निरीक्षण गरेका छन् ।

9/16/2018

नवलपरासी, १८ भाद्र । साविक नवलपरासी जिल्लाबाट द्वन्द्वकालको अवधिमा १६ जना बेपत्ता र २१६ जनाको द्वन्द्वका कारण मृत्यु भएको तथ्याङ्क छ ।

9/16/2018

सप्तरी, १८ भाद्र । सप्तकोशी नदीको बाढीले प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिकाका ६०० घरपरिवारको दैनिकी कष्टकर बन्दै गएको छ । कोशी नदीको बाढीले हनुमाननगर कङ्कालिनी नग

ट्रेन्डिङ