हतियारसहित ६ जना प्रहरीको फन्दामा

समाचार

10/14/2018

रौतहट, २८ असोज । रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ८ नरकटिया मोतीपुर सडकखण्डबाट हतियारसहित ६ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी मोतीपुरका गस्ती टोलीले शंखासपद अवस्थामा रहेका ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा अटोमेटिक पेस्तोल थान १, ऐ. मा लाग्ने म्याग्जिन थान १ बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको साथबाट ३ थान मोटरसाइकल समेत बरामद गरिएकोले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ