राष्ट्रपतिसँग प्रदेश प्रमुखको भेटघाट

समाचार

10/17/2018

काठमाडौं, ३१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश नं. २ का प्रमुख रत्नेश्वर लाल कायस्थबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मँगलबार बिहान ८ः१५ बजे राष्ट्रपति भण्डारीसँग भएको सो भेटवार्ताका क्रममा प्रदेश नं. २ का समसामायिक पक्षका विषयमा कुराकानी भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताए ।

प्रदेश २ का साँस्कृतिक एवं धार्मिक स्थलहरुको भ्रमण, दलित एवं विपन्नवर्गको उत्थान, प्रदेश प्रमुखको कार्यालयलाई मर्यादित एवं व्यवस्थित बनाउने, प्रदेश संचालनमा आइरहेका समस्याहरुका विषयमा कुराकानी भएको बताइएको छ ।

राष्ट्रपति भण्डारीसँग भएको भेटघाटको क्रममा एक आपसमा बडादशैंको शुभकामनाको आदान प्रदानसमेत भएको थियो ।
बडादशैको अवसरमा अति व्यस्तताका बाबजुद भेटवार्ताका लागि अवसर प्रदान गरेकोमा प्रदेश प्रमुख कायस्थले राष्ट्रपति भण्डारीलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ