टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

समाचार

10/22/2018

गौशाला, ४ कात्तिक । महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार धनुषाबाट सर्लाही जाँदै गरेको ना.१ज.२९०२ नम्बरको टाटासुमो बर्दिबास नगरपालिका–१ स्थित सडकमा सोही दिशामा जाँदै गरेका पैदल यात्रु हेम्जनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिने टाटासुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ