माइती नेपाललाई वाइपिओ कोलकाताको सहयोग

समाचार

10/15/2018

काठमाडौं, २९ असोज । योङ पे्रसिडेन्ट्स अर्गनाइजेसन (वाइपिओ) कोलकाता, भारत च्याप्टरका सदस्यले नेपाली युवतीको उद्धारका लागि अन्नपूर्ण आधार शिविरमा पुगेर चन्दा उठाएका छन् ।

उनीहरूले मानव बेचबिखनविरुद्ध लड्ने उत्साह फैलाउन तथा माइती नेपाललाई सहयोग गर्न अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेका हुन् ।

वाइपिओ कोलकाताका सदस्यले अन्नपूर्ण आधार शिविरमा उठाएको रकम माइती नेपाललाई प्रदान गरेकोे छ ।

संस्थाले संकलन गरेको रकमले ३० जना युवतीको उद्धार गर्न पुग्ने र ५ हजार जनता सूचना सम्प्रेषण र परामर्शबाट लाभान्वित हुने जनाइएको छ । यसले समुदायलाई बेचबिखनविरुद्धमा संगठित हुन अभिप्रेरित गर्ने संस्थाले जनाएको छ ।

वाइपिओ कोलकाता च्याप्टरले यही ७ अक्टोबरदेखि १३ अक्टोबरसम्म ट्रेकको आयोजना गरी १३ हजार फिटको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरमा पुगेर कोषका लागि चन्दा उठाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ