दोस्रो बानो गोल्ड कप फुटबल पर्साको पोल्टामा

समाचार

10/22/2018

लहान, ४ कार्तिक । लहान नगरपालिका वडा नं १५ मा सञ्चालित दोस्रो बानो गोल्ड कप फुटबल खेलमा पर्साेले रौतहटलाई शून्यका विरुद्ध १ गोल गरी रौतहटलाई पराजित गरेको छ । प्रदेश नं २ को जिल्लास्तरीय फुटवल खेल सम्पन्न भएको छ ।

सांसद प्रदीप गिरी र पूर्व सिरहा जिल्ला उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक अग्रवालले विजेता पर्सालाई रु ८५ हजार, शिल्ड, कप र प्रमाणपत्र तथा उपविजेता रौतहटलाई रु ५० हजार र प्रमाणपत्र वितरण गरेको १५ नं वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ