रामलीला समापन सभा कक्षका लागि शहरी विकासमन्त्रीद्वारा २५ लाख सहयोग

समाचार

10/21/2018

नेपालगञ्ज, ४ कार्तिक । नेपालगञ्जमा सञ्चालित रामलीला औपचारिक रुपमा समापन गरिएको छ । बडा दशैंका अवसरमा गते २४ गतेदेखि जारी रामलीला कार्तिक २ गते रावण बध पश्चात सकिएपनि शनीबार औपचारिकता दिएर समापन गरिएको हो ।

ऐतिहासिक तथा सांस्कृतिक महत्व बाँकेको नेपालगञ्जको रामलीला १ सय ५१ औं वर्ष पुरा गरेको छ । वृन्दाबनका प्रसिद्ध कलाकार राधारमण शर्माको नेतृत्वको २५ जनाको टोलीले रामलीला मञ्चन गरेको थियो । यसपालीको रामलीला भब्य, सभ्य र सफलतापुर्वक सम्पन्न गरिएको रामलीला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोष कुमार कानोडियाले बताए ।

रामलीला मैदानमा आयोजित समापन समारोहमा शहरी विकास मन्त्री मो. इस्तियाक राईले भगवान रामलाई राजतिलक गराए । प्रथम राज तिलक भने गुरु वशिष्ठले भगवान रामलाई गराए ।

मन्त्री राईले साँस्कृतिक(सामाजिक गतीवीधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने विश्वास समेत व्यक्त गरे ।

बाँकेकोे समग्र विकासका लागि अर्वौ वजेटसहित योजना छुटयाइएको भन्दै मन्त्री राईले त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आम नागरिकको भएको बताए ।

मन्त्री राईले रामलीला मैदानमा निर्माणधीन सभा कक्षका लागि २५ लाख सहयोग गर्ने उदघोष पनि गरे । यस्तै मैदान सौन्दर्यकरण र व्यवस्थापन तथा व्यवसायिक पसल सञ्चालनका पनि सांसद विकास कोषबाट सहयोग गर्ने बचन दिए ।

यसैवीच रामलीला सञ्चालक समितिको तर्फबाट कार्यबाहक अध्यक्ष कानोडियाले रामलीलाको जग्गा संरक्षण सम्वद्र्धन, यसको नियमित आयश्रोत र स्थायीत्वका लागि आवश्यक सहयोग गरिदिन मन्त्री रायईलाई ज्ञापन पत्र समेत बुझाए ।

रामलीला सञ्चालनमा सहयोग पु¥याउने आधा दर्जन विशिष्ठ व्यक्तित्वलाई खादा ओढार सम्मान प्रकट गरिएको थियो । साथै सहभागी अतिथी दिर्घाले पनि राजतिलक लगाइदिएका थिए । सो अवसरमा सञ्चालक समितिका महामन्त्री जगदिश वैश्य, प्रचारमन्त्री विष्णु कुम्हाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ