लडेर मजदूरको मृत्यु

समाचार

10/15/2018

लहान, २९ असोज । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ ।

चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ