रौतहट, २६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद प्रभु साहले प्रदेश २ सरकारले जनता आवस निर्माण कार्यक्रमको अर्बौं रुपैयाँ लुटेको आरोप लगाएका छन् ।
काठमाडौं, २६ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गरेका छन् ।
मोरङ, २६ मंसिर । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज, २६ मंसिर । वीरगंज महानगरपालिका लक्षमणवास्थित रहेका तराई अस्पतालमा एक महिलाले एक साथ ३ वटा सन्तानलाई जन्म दिएकी छन् ।
वीरगञ्ज, २६ मंसिर । बारा प्रहरीले चोरी गरिएका दुई थान मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ ।
काठमाडौं, २६ मंसिर । नेपाल र भारत सरकारबीच हवाइ उडान सुचारी गर्ने सहमति भएको छ । अहिलेलाई दुई देशका राजधानीबीच सरकारी विमान मात्रै उडाउने सहमति भएको हो ।
काठमाडौं, २५ मंसिर । सत्तारुढ भारतीय जनता पार्टीका नेता तथा भाजपाका विदेश मामिला प्रमुख विजय चौथीवाल नेपाल भ्रमणमा आएका छन् ।
राजविराज, २५ मंसिर । सप्तरीको तिलाठीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नै झडप भएको छ । सादा पोशाकमा रहेका दुई संगठनका जवानबीच झडप भएको हो ।
महोत्तरी, २५ मंसिर । महोत्तरीको मनरसिसवामा बथनाहा प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बारा, २५ मंसिर । प्रदेश २ को उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलले नेपाल बुझ्न मधेस घुम्नैपर्ने बताएका छन् ।
वीरगञ्ज, २५ मंसिर । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ ।
बारा, २५ मंसिर । लामो समयदेखि छलफल र चर्चाको विषय मात्रै बनेको सिमरा–पोखरा हवाई उडान तत्काल सुुरु गर्न पोखरा र सिमराका पयर्टन व्यवसायीहरुले माग गरेका छन् ।
बारा, २५ मंसिर । कोरोना भाइरस (कोभिड १९) कारण खस्किएको होटल तथा पर्यटन व्यवसायलाई उकास्न र आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले ...
नेपालगञ्ज, २५ मंसिर । नेपालगञ्ज विमानस्थलको पार्किङ क्षेत्र विस्तार गरिएको छ । २८ करोड ५३ लाख लागतमा पार्किङस्थल विस्तार कार्य सम्पन्न भएको हो ।
बारा, २५ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको चुहावट रोक्न टयांकरमा लकिङ प्रणाली जडान गरे पनि चुहावट नरोकिएपछि नेपाल प्रहरीको केन्द्रीय...
लहान, २५ मंसिर । नेपालमा चिनियाँ हस्तक्षेप बढेको विरोधमा सिरहाको लहानमा प्रदर्शन गरेको छ ।
ललितपुर, २४ मंसिर । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सहकारी संघ संस्थाहरु मार्फत देशको स्वास्थ्य र शिक्षामा आमूल परिवर्तनका लागि अग्रसर हुनु पर्नेमा जोड दिएका छन् ।
जनकपुरधाम, २४ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संघीय सरकारले प्रदेश २ सरकारसँग घनिष्ठ सम्बन्ध राखेको बताएका छन् ।
काठमाडौं, २४ मंसिर । कांग्रेस नेता डा. शेखर कोइराला नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी बुधबार नयाँ दिल्ली प्रस्थान गरेको कोइरालाको निजी सचिवालयले जनाएको छ ।
मोरङ, २४ मंसिर । विराटनगर महानगरपालिका–१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट अवैध रूपमा भन्सार छली ल्याएको करिब २ लाख रुपैयाँ बराबरको १ सय ४७ सेट थर्मकोट बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
राजविराज, २४ मंसिर । सप्तरीमा नेपाली कांग्रेसका सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
नेपालगञ्ज, २४ मंसिर । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस देशैभरका भ्रष्ट्राचारविरुद्ध सक्रिय विभिन्न संस्थाहरुले कार्यक्रम गरी मनाउँदैछन् । वागेश्वरी असल शासन क्लव बासले बुधबार आफ्नो २०औँ वार्षिकोत्सव तथा भ्रष्टाचारविरुद्धको सम्मेलन आयोजना गरेको छ ।
काठमाडौं, २३ मंसिर । विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले मंगलबार भिडियो कन्फरेन्स (भर्चुयल)का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएको हो ।