काठमाडौं, १५ मंसिर । नेपाल–भारतको खुल्ला सीमालाई सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारीको नाममा एकतर्फीरुपमा बन्द गरेको छ । भारत सरकारले आफ्नो तर्फबाट सबै नाका खुला गरेपनि नेपाल सरकारले अहिलेसम्म बन्द नै राखेको हो ।
काठमाडौं, १५ मंसिर । प्रदेश २ मा संसदीय दलको नेता छान्न सत्तारुढ जसपाभित्र किचलो बढेको छ ।समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रदेश २ को संसदीय दलको नेता बन्नका लागि आन्तरिक दौडधुप बढको छ भने विवाद पनि सहतमा आउन थालेको छ ।
कपिलवसस्तु, १५ मंसिर । शुद्धोधन गाउँपालिका अन्तर्गत वडा नं. १ अन्तगत रहेको तपरिया स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर र ल्याब संचालनमा आएको छ ।
रुपन्देही, १५ मंसिर । जिल्लाको रोहीणी गाउँपालिका १ बगाहा स्थित सेमरपानी ईलाकाबाट एपीएफ टोलीले करीब एक लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
काठमाडौं, १५ मंसिर । गृहसचिव महेश्वर न्यौपानेले हालै बाहिनीपतिको रुपमा सरुवा भई त्यसतर्फ खटिई जान लागेका बाहिनीपतिहरुलाई आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा निर्देशन दिएका छन् ।
काठमाडौं, १४ मंसिर । भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले आगामी मे महिनामा विनाअक्सिजन एक्लै विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् ।
काठमाडौँ, १४ मंसिर । नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक
जनकपुरधाम, १४ मंसिर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले वर्तमान सरकार इतिहासकै अराजक सरकार रहेको आरोप लगाएका छन् ।
जनकपुरधाम, १४ मंसिर । संघीय सरकारको सहयोगमा प्रदेश २ मा सरुवारोग तथा महामारी नियन्त्रण अस्पताल र ट्रमा सेन्टर निर्माण हुने भएको छ ।
जनकपुरधाम, १४ मंसिर । धनुषामा राप्रपा संयुक्त र राप्रपाको समायोजन सम्पन्न भएको छ । पार्टी नेतृत्व पंक्तिले असोज २१ भित्रै पार्टी समायोजन गर्नका लागि दिएको निर्देशन अनुसार धनुषा जिल्लामा असोज २१ मै जिल्लाको अध्यक्ष चयन गरिएको थियो । बाँकी पदाधिकारीहरुको समायोजन भने शनिबार बसेको जिल्ला बैठकबाट मात्रै गरिएको हो ।
जनकपुरधाम, १४ मंसिर । विगत २८ दिनदेखि आमरण अनसनमा बसेका जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका दुईजना कर्मचारीले अनसन तोडेका छन् ।
जनकपुरधाम, १४ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले मिथिलाका कवि कोकिल विद्यापतिको स्मृति दिवसका अवसरमा देश तथा विदेशमा बस्नुभएका मैथिली समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
वीरगञ्ज, १४ मंसिर । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ढुक्क भएर होटल व्यवसायमा लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
रुपन्देही, १४ मंसिर । लुम्बिनी प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा स्मार्ट रिफ्रेस सेन्टर बन्ने भएको छ ।
विराटनगर, १४ मंसिर । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन् ।
काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
रौतहट, १३ मंसिर । डाक्नेश्वरी नगरपालिका–५ भुतहीस्थित पोखरीमा डुबेर सोही नगरपालिका–४ बस्नेप अन्दाजी ८० वर्षीय शुभलाल रामको मृत्यु भएको छ ।
मोरङ, १३ मंसिर । उर्लावारी नगरपालिका–८ गुरुङ टोलमा मे.४ प ९२८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तेह्रथुम म्यागलुङ नगरपालिका–९ बस्ने ४५ वर्षीय श्याम बहादुर तामङको मृत्यु भएको छ ।
बारा, १३ मङ्सिर । जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट करिब १२ लाख रुपैयाँ मूल्य बराबरको आवश्यक कागजपत्र नभएको २६ बोरा ईलाइची शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।
काठमाडौं, १३ मंसिर । संघीय संसद र प्रदेश सभा सञ्चालनसम्बन्धी दुई दिने अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम नौ बुँदे निष्कर्ष सार्वजनिक गर्दै सम्पन्न भएको छ ।
काठमाडौं, १२ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्री स्तरीय बैठकको निम्तो दिएका छन् ।
पर्सा, १२ मंसिर । होटेलबाट ५ लाख ८२ हजार रकममसहित जुवा खेल्ने १० जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पु¥याउन भारतीय पक्षसँग आग्रह गरेका छन् ।
काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन् ।