लहान, १४ माघ । सिरहामा क्यान्सर अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययन शुरु भएको छ । सिरहामा क्यान्सर अस्पताल स्थापना सम्भाव्यता अध्ययन गर्न प्रदेश नं २ का सरकारद्वारा डा लक्ष्मीनारायण सिंहको संयोजकत्वमा गठित कार्यदलले जिल्लाका सरोकारबाला निकायका प्रमुखसँग छलफल तथा सुझाव सङ्कलन गरेको छ ।
जनकपुरधाम, १४ माघ । उद्योग, वाणिज्यमन्त्री मातृका यादवले प्रदेश २ को सरकारसँग जनकपुर चुरोट कारखाना लिमिटेड खाली गराउन निर्देशन दिएका छन् । चुरोट कारखाना पुनः सञ्चालनका लागि लगानीकर्तालाई आह्वान गरिसकेको उनले उल्लेख गरे ।
वीरगन्ज, १४ माघ । प्रदेश २ सरकारले ‘स्वच्छ मधेश समृद्ध प्रदेश’ भन्ने मूल नारासहित मुख्यमन्त्री स्वच्छता अभियानसुरु गरेको छ ।
राजविराज, १३ माघ । जाडोबाट समस्यामा रहेका दलित विपन्न परिवारका छात्र–छात्रालाई शनिबार न्यानो कपडा वितरण गरिएको छ ।
काठमाडौँ, १३ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) ले धनुषामा शुक्रबार भएकोे बस दुर्घटनामा परी छ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
जनकपुरधाम, १३ माघ । जनकपुरमा साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ । मैथिली विकास कोषले जनकपुरमा कला, साहित्य तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्न लागेको हो।
काठमाडौं। १३ माघ । भौगोलिक रुपमा सबैभन्दा सुगम र आठवटै जिल्लालाई पूर्व पश्चिम राजमार्गले छोएको प्रदेश–२ मा गरिबीको अवस्था कहालीलाग्दो छ ।
काठमाडौं, १३ माघ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएको प्रदेश २ सरकारले प्रदेशभित्र जन्मिने हरेक बेटी (छोरी)को एक लाखको बीमा गर्ने भएको छ ।
कतार, १३ माघ । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको आयोजनामा मधेशी मिलन समारोह सम्पन्न भएको छ ।
नेहाल खान, वीरगन्ज, १३ माघ । भारतीय महावाणिज्य दुतावास विरगन्जले ७० औं गणतन्त्र दिवस एक समारोहका बिच सम्पन्न गरेको छ । प्रत्येक वर्ष मनाउने गणतन्त्र दिवस यस वर्ष पनि मनाइएको छ ।
काठमाडौं, १३ माघ । भारतीय राजदूतावासले जनवरी २६ मा गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीको उपस्थितीमा भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्नुका साथै भारतका राष्ट्रपतिको सन्देश पढेर गणतन्त्र दिवस मनाएको छ ।
नेपालगन्ज, ११ माघ । लीडरशिप एकेडेमी, अमेरिकास्थित युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस University of San Diego, Kroc School & Kroc Instituite for Peace and Justice (IPJ को संयुक्त आयोजनामा सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम कार्यक्रम (Nepali Emerging Leaders Program) दोस्रो शैक्षिक सत्र प्रदेश नम्बर ५ बाँके जिल्लाको नेपालगञ्जबाट सुरु भएको छ ।
इमरान खान, कपिलवस्तु, ११ माघ । बोर्डर क्षेत्रहरुमा बर्षो देखी पशु तथा पशुजन्य उत्पादन सामाग्री आयात गर्दा स्वास्थ्य अस्वास्थ्य चेक जाँच गरी नेपाल भित्र्याउने सम्बन्धी काम गर्दै आएको पशु क्वारन्टाइन कृष्णनगर कपिलवस्तुको अयोजनामा बिहिवार पशु क्वारन्टाइन समन्वय अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
राम नारायण पंडित, सिरहा, ११ माघ । सिरहामा बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाईते मध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।
सर्लाही, ११ माघ । ईलाका प्रहरी कार्यालय कर्मैयाको सहकार्य तथा सुकेपोखरी आँखा उपचार केन्द्र हरिवनको सहयोगमा सर्लाही बाग्मती नगरपालिका-५ स्बास्थ्य चौकी राजघाटमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तरर्गत २ दिने नि:ल्क आँखा शिबिर बिहीबार सम्पन्न भएको छ ।
राकेश यादव, रौतहट, ११ माघ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका अन्तर्गत औरैयामा संचालित राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आफ्नो ५४ औ वार्षिकोत्सव मनाएको छ ।
महोत्तरी, ९ माघ । मधेश आन्दोलनको क्रम २०७२ साल भाद्र महिनामा घाइते भएकाहरुले धमाधम राहत रकम बुझ्न थालेका छन् ।
कपिलवस्तु, ९ माघ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ का गरिब, विपन्नलाई न्यानो कपडा र दुई जना अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण गरिएको छ ।
काठमाडौं, ८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश विन्दु दिन भारत सहमत भएको बताएका छन् ।
उदयपुर, ८ माघ । रौतामाई गाउँपालिका–८ तल्लोखुट्टेस्थित दुर्गा मगरको घरमा मंगलबार दिउँसो आगलागी हुँदा अन्नपात, सुन, चादीका गरगहना लगायतका सरसामान जलेर करिब १८ लाख ६९ हजार ८ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ, ८ माघ । बेलबारी नगरपालिका–११ स्थित बस्नेत ग्रिलमा काम गर्ने क्रममा ग्यास वाइलडिङको ड्रम पडकिँदा सोही नगरपालिका–९ बस्ने ३७ वर्षीय मनिष बराईलीको मंगलबार बिहान मृत्यु भएको छ ।
जलेश्वर, ८ माघ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित राजदेवी सामुदायिक सिकाई केन्द्र जलेश्वरले एक कार्यक्रमकाबीच वैकल्पिक सिकाई केन्द्रका छात्रछात्राहरुलाई पोशाकसहित शैक्षिक सामग्री वितरण गरेको छ ।
धनुषा, ८ माघ । बनेपास्थित रेयुकाई एइको मसुनागा आँखा अस्पतालले धनुषाको ढल्केवरमा आफ्नो शाखा विस्तार गर्न लागेको छ ।