काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न निर्देशन दिएका छन् ।

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण बनाउनुपर्ने बताएका छन्।

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम तथा एसीसी वुमन्स एसिया कपमा यूएईमाथि भएको ऐतिहासिक जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् ।

सिरहा । मधेश प्रदेशको मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि दलित समुदायका पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

जनकपुरधाम । नेपाली काँग्रेस र नेकपा एमाले बीच भएको गठबन्धन र सो गठबन्धनले गर्दा भएको सहमति सार्वजनिक नगरिए पनि सरकार र राजनीतिक स्थिरताको निमित्त संविधान संशोधनको चर्चाले तराई–मधेश तरंगित भएको छ ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको अखिल(क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले सरकार गुम्दा सबै सकिन्छ भनेर रुवाबासी गर्ने क्रान्तिकारी नभएको टिप्पणी गरेका छन् ।

काठमाडौं । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ ।

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो लगायतका विपद्मास परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको छ ।

सप्तरी । वर्षेनी धेरै जनधनको क्षति गर्ने तर नीति निर्माण तहमा त्यति महत्व नदिइने ’सिमान्तकृत’ साना खोला नालाका समस्या कसरी समाधान गर्ने ? उर्जा तथा जलस्रोतको दिगो उपयोग कसरी गर्ने ? नदीलाई दिगो ढङ्गले मावन हितमा प्रयोग गर्ने उपाय आदि विषयमा आज छोटो प्राज्ञिक विमर्श गरिएको छ ।

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले पत्रकार महासंघको सदस्यताको विवाद राजनीतिक दलको प्लेटफर्मभित्रबाट नभई पत्रकार महासंघकै संरचनाभित्रबाट समाधान खोजिनुपर्ने बताएका छन् ।

इमरान खान, कपिलवस्तु । कोरोनाकालपछि कपिलवस्तुमा धुमधामसँग मुहर्रम पर्व मनाइएको छ ।

सिरहा । सुखिपुर नगरपालिका–१० दहिपौडी बलिराम कन्ट्रक्सनमा काम गर्ने धनुषा, धनुषाधाम नगरपालिका–७ बस्ने ३० वर्षीय बिजुली महतोको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

नवलपरासी पूर्व । आफ्नै ४३ वर्षीय बुवाको हत्या गरेको अभियोगमा कावासोती नगरपालिका–५ ठकुरी चोक बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बाँके । डिएसपी हुँ भनी ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैन सिंह विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । ईयूको सहयोगमा क्रिएसन नेपालले ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आव्हान गरेको छ । ग्रीनसिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षण प्रति युवाहरुलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आव्हान गरिएको हो ।

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई भारतीय समकक्षी डा.एस जयशंकरले शुभकामना दिएका छन् ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो ।

पर्सा । पटेर्वा सुगौली गाउँपालिका–४ देउरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २० किलोग्राम सोमबार राति प्रहरीले बरामद गरेको छ ।

रौतहट । रौतहटको धनसर–जंगलसैया–कटहरिया सडक कालोपत्रे भएको छ । रौतहट ३ का सांसद प्रभु साहले ‘सडक बढाओ–सडक बचाओ’ अभियान अन्तरगत सो सडक मुआब्जा र बजेट विना नै बर्षौ पहिले ट्याक खोलिएको थियो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराएका छन् ।

जनकपुरधाम । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेशसभाको आइतबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

ट्रेन्डिङ