काठमाडौं । कुशल प्रशासक एवम् व्यवस्थापक स्व.हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ डा.भेषबहादुर थापालाई प्रदान गरिएको छ ।

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ । 

काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित पाँच जनाको मुत्यु भएको छ ।

जनकपुरधाम । ‘कहि नभएको जात्रा हाडी गाउँमा’ भने जस्तै अहिले मधेश प्रदेशमा भईरहेको छ । मधेश प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्रीको संख्या २० पुगेको छ ।

काठमाडौँ । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रुपमा फरक भएका कारण मोहन वैद्यसँगै अगाडि जान नसकिएको बताएका छन् ।

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष प्रतिवेदन हस्तान्तरण गरेको छ ।

मोरङ । सुन्दरहरैचा नगरपालिका–१० बाघझोडास्थित सडकमा केराबारीबाट खोर्सानेतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बाँके । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगममा खजुरा गाउँपालिका–६ गिजरा फारम बस्ने २३ वर्षीय शिव शंकर मुराउलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् ।

बर्दिया । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानले बर्दियाका सय बढी विपन्न छात्रालाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौँ–तराई÷मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् ।

काठमाडौं । तल्लो अरुण जलविद्युत आयोजनामा ५ हजार करोडभन्दा बढी भारतीय रुपैयाँ लगानी गर्न भारत सरकारले सतलज जलविद्युत निगम (एसजेभीएन) कम्पनीलाई अनुमति दिएको छ ।

काठमाडौं । मधेशी आयोगले नेपाल प्रहरी प्रधान कार्यालय र ईलाका प्रशासन कार्यालय, लहानलाई कुन आधारमा गैर–मधेशी समुदायको व्यक्तिलाई मधेशी भनी प्रमणित गरेर मधेशी कोटामा राखेर नियुक्ति सिफारिस गरेको सम्बन्धमा प्रश्न सोधेको छ ।

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर नियुक्त भएका छन् ।

जनकपुर । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधनको शोकमा मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

बारा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका–६ मदरसाटोल बस्ने २७ वर्षीय ईम्तियाज अंसारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।

जनकपुरधाम । राष्ट्रिय एकता अभियानका नेता मनीष पुर्बे र पंकज झाको नेतृत्वमा स्व. गुरूदेव कामतलाई मधेश विभूति घोषणाको माग गर्दै जनकपुरधाममा दबाब कार्यक्रम आयोजना गरिएको छ।

कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफु आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन् ।

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमकिता राख्ने बताएका छन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् ।

जनकपुरधाम । नेपाल सरकारले विभिन्न १८ देशमा गरेको राजदूत सिफारिसप्रति तराई–मधेश लोकतान्त्रिक पार्टीले विरोध जनाएको छ ।

सिरहा । शास्त्रीय संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा बिहीबार बिहान ८ बजे निधन भएको हो ।

ट्रेन्डिङ