बाँके । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगममा खजुरा गाउँपालिका–६ गिजरा फारम बस्ने २३ वर्षीय शिव शंकर मुराउलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् ।

बर्दिया । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानले बर्दियाका सय बढी विपन्न छात्रालाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौँ–तराई÷मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् ।

काठमाडौं । तल्लो अरुण जलविद्युत आयोजनामा ५ हजार करोडभन्दा बढी भारतीय रुपैयाँ लगानी गर्न भारत सरकारले सतलज जलविद्युत निगम (एसजेभीएन) कम्पनीलाई अनुमति दिएको छ ।

काठमाडौं । मधेशी आयोगले नेपाल प्रहरी प्रधान कार्यालय र ईलाका प्रशासन कार्यालय, लहानलाई कुन आधारमा गैर–मधेशी समुदायको व्यक्तिलाई मधेशी भनी प्रमणित गरेर मधेशी कोटामा राखेर नियुक्ति सिफारिस गरेको सम्बन्धमा प्रश्न सोधेको छ ।

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर नियुक्त भएका छन् ।

जनकपुर । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधनको शोकमा मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

बारा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका–६ मदरसाटोल बस्ने २७ वर्षीय ईम्तियाज अंसारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।

जनकपुरधाम । राष्ट्रिय एकता अभियानका नेता मनीष पुर्बे र पंकज झाको नेतृत्वमा स्व. गुरूदेव कामतलाई मधेश विभूति घोषणाको माग गर्दै जनकपुरधाममा दबाब कार्यक्रम आयोजना गरिएको छ।

कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफु आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन् ।

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमकिता राख्ने बताएका छन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् ।

जनकपुरधाम । नेपाल सरकारले विभिन्न १८ देशमा गरेको राजदूत सिफारिसप्रति तराई–मधेश लोकतान्त्रिक पार्टीले विरोध जनाएको छ ।

सिरहा । शास्त्रीय संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा बिहीबार बिहान ८ बजे निधन भएको हो ।

काठमाडौं । केही दिनअघि सर्लाहीमा नृशंस हत्या गरिएका पूर्वमन्त्री रामचन्द्र रायको ११ औँ तिथिको अवसर पारेर काठमाडौँमा बुधबार श्रद्धाञ्जलिसभा आयोजना गरिएको छ ।

फिलिपिन्स । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशहरुबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख ई.दीपक कुमार साहले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई तत्कालै पर्सोना नन ग्राटा घोषणा गर्नुपर्ने माग गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मन्त्रिपरिषद बैठकबाट विभिन्न देशका लागि गरिएको राजदुत नियुक्तिको सिफारिस संविधानको मुलमर्म र भावना विपरित असमावेशी भएको भन्दै त्यसलाई सच्याउँन माग गरेको छ ।

काठमाडौं । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बारा जिल्लाको परवानीपुर गाउँपालिकास्थित रामपुर स्वास्थ्य चौकीको स्तरवृद्धि तथा जनशक्ति र उपकरणको व्यवस्था गरिदिन माग गर्दै नेपाल सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम उद्योग वाणिज्य संघको सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट साजन कुमार जयसवालको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ ।

नवलपरासी पूर्व । देवचुली नगरपालिका–२ हमालचोकबाट अवैध लागूऔषध गाँजा ७ सय ६९ किलो ३१ ग्राम सहित एनएल ०१ ५५४४ नम्बरको कन्टेनरका चालक चितवन राप्ती नगरपालिका–२ बस्ने २३ वर्षीय मदन लामालाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ