काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

रुपन्देही । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य र एमाले–कांग्रेसका ८ बिना विभागीय मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा.डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गरेकी छन् ।

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लागेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गरेका छन् ।

काठमाडौं । संसदीय समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेका छन् ।

काठमाडौं । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको छ ।

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना भएको थियो ।

काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।

बाँके । बैजानाथ गाउँपालिका–६ सम्झना चोकस्थित सडकमा बर्दियाबाट कोहलपुरतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

सर्लाही । सर्लाहीमा धारिलो हतियार प्रयोग गरि पूर्व राज्यमन्त्री रामचन्द्र रायको विभत्स हत्या भएको छ ।

बारा । विश्रामपुर गाउँपालिका–१ घोडासाहन नाकाबाट स्रोत नखुलेको नगद १० लाख २० हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मान परी आइतबार दिउँसोसम्म १ सय ३० जनाको मृत्यु भएको छ ।

काठमाडौं । ‘किताब जात्रा’को छैठौं संस्करण श्रावण १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो ।

रुपन्देही । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गरेका छन् ।

काठमाडौँ । जनमत पार्टीका प्रतिनिधिसभा सदस्य अब्दुल खानले मुलुकका विद्यमान समस्या समाधान गर्ने र राजनीतिक स्थिरता कायम गर्ने सर्तमा नयाँ सरकारलाई समर्थन गरेको बताएका छन् ।

बाँके । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । महाराको राजीनामापछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सात बुँदे सहमतिबारे सदनलाई जानकारी गराएका छन् ।

काठमाडौं । आषाढ पूर्णिमाको शुभ अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

चितवन । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा शनिबारदेखि भारतीय टोली पनि परिचालन भएको छ ।

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, उनकै शब्दमा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को अस्थिर प्रवृत्ति र चकचकका कारण कांग्रेस–एमाले गठबन्धन निर्माण भएको बताएका छन्।

काठमाडौं । राष्ट्रिय एकता अभियान काठमाडौंले संघीय हिन्दू गणतन्त्र विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ।

वीरगंज । नेपाल जनता पार्टी पर्सा जिल्ला समितिको आयोजनामा रानीसती मन्दिर वीरगंजमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।

ट्रेन्डिङ