काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ ।
जनकपुरधाम । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने र गुणस्तरीय शिक्षाका आन्दोलनमा उत्रिने भएको छ ।
रूपन्देही । तिलोत्तमा नगरपालिका–१५ कोटिहवा न्यू तिलोत्तमा मार्बल स्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ ।
मोरङ । बुढिगंगा गाउँपालिका–१ आदर्शटोल नहर छेउ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय १५ किलोग्राम आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ ।
इमरान खान, कपिलवस्तु । प्राचिन बुद्धनगरी कपिलवस्तु नगरपालिकामा ‘एक युवा पाँच बिरुवा’ नारासहित अभियान संचालन गरिएको छ ।
अजयकुमार सिंह, महोत्तरी । महोत्तरीको लोहारपटी नगरपालिका वडा न. ७ स्थित रामदेव जनता माध्यमिक विद्यालय भ्रमरपुरामा एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिको गठन भएको हो ।
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.१ सानो धिरापुरमा रहेको श्री जनता आधारभूत बिद्यालयको ४ कोठे पक्की भवनको उद्घाटन गरिएको छ ।
काठमाडौ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय बिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेर चर्चामा आएका अधिवत्ता बिष्णु गिरीले देशैभरीका स्थानीय निकायमा कानूनी साक्षरता अभियान सञ्चालन गरिनुपर्ने बताएका छन् ।
धनुषा । धनौजी गाउँपालिका–५ बहुअर्वास्थित घुघाईर सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ ।
काठमाडौं । यूरोपियन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान रकम दिने भएको छ ।
पर्सा । बारा कलैया उपमहानगरपालिका–५ पर्साटोल बस्ने ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र बारा आदर्शकोतवाल गाउँपालिका–५ बस्ने ३४ वर्षीय सुरेश ठाकुरको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आईटी आर्मीद्धारा जारी आन्दोलन स्थगित गर्न निर्देशन दिएका छन् ।
रौतहट । रौतहटको मौलापुर नगरपालिकामा सञ्चालित बिभिन्न सामुदायिक विद्यालयले एसईई परिक्षामा ७५ प्रतिशत विधार्थी बिभिन्न श्रेणीमा उत्तीर्ण भएका छन् ।
काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त र नेपालको लागि इजरायलका राजदूत हनन गोदर बीच शिष्टाचार भेटवार्ता भएको छ ।
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं. ९ बहुअर्वामा नव–निर्मित ब्रह्मस्थान मन्दिरको उद्घाटन गरिएको छ ।
सुनसरी । धरान उपमहानगरपालिका–१७ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो प्रहरीले बरामद गरेको छ ।
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत २० वर्ष उमेर पूरा गरी छोरीलाई विवाह गरेका अभिभावकहरुलाई सम्मान गरेको छ ।
बाँके । कोहलपुर नगरपालिका–१३ भरैया बस्ने ४५ वर्षीया प्रेमा थारूको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।