वीरगंज । नेपाल जनता पार्टी(नेजपा) पर्सा जिल्ला समितिको बैठक ११ बुंदे निर्णय गर्दै रानीसती मन्दिर वीरगंजमा सम्पन भएको छ ।
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताएकी छन् ।
जनकपुरधाम । भ्वाइस अफ जनकपुर समूहले आयोजना गरेको ‘जल संकटः चुरे भाबर संरक्षण र स्थानीय जिम्मेदारी’ विषयक गोष्ठी कार्यक्रममा विज्ञ तथा सहभागीहरुले तराईमा बढ्दै गइरहेको पेयजल र सिंचाईको निमित्त पानीको संकट रोक्न पानीको रिचार्जिंगको प्राकृतिक प्रक्रियालाई पूर्ववत फर्काउन चुरे भाबर क्षेत्रको संरक्षण गरी त्यहाँ भइरहेको विनाश रोक्न माग गरेका छन् ।
कपिलवस्तु । सरकारले विषादीमा लगाएको मूल्य अभिबृद्धि कर हटाउन माग गर्दैं विषादी व्यवसायीहरु आफ्नो पसल बन्द गरी आन्दोलित भएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालको पुतला दहन गरेको छ ।
काठमाडौं । भारत सरकारको सहयोगमा मुस्ताङ जिल्लाको एक विद्यालयमा छात्रावास निर्माणका लागि भवन शिलान्यास गरिएको छ ।
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबाट परेको प्रभाव र हिमालय/चुरे संरक्षणबारे ध्यानाकर्षण गराएको छ ।
काठमाडौं । मधेशी आयोगले प्रधानमन्त्रीलाई सरकारद्वारा विगतमा गरिएका नियुक्तिहरुमा समानुपातिक समावेशिता नदेखिएको भन्दै पत्र पठाएको छ ।
कपिलवस्तु । महाराजगंज नगरपालिका–३गनवरियास्थित सडकमा लु.६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीय किसलावती ठाकुरको बुधबार साँझ मृत्यु भएको छ ।
महोत्तरी । आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेकोअभियोगमा औरही नगरपालिका–४ बस्ने४६ वर्षीयरामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बाँके । राप्तिसोनारी गाउँपालिका–८ ढकेरी शम्सेरगंजस्थित सडकबाट प्राचीन स्मारकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ ।
रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले रौतहटमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन माग गर्दै नाराजुलुश सहित काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ ।
वीरगन्ज । खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
रूपन्देही । तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित सडकमा शंकरनगरबाट बनबाटिकातर्फ जाँदै गरेको लु.१ ख ४५६६ नम्बरको माइक्रोबसको ठक्करबाट सोही नगरपालिका–२ बस्ने बेली घर्तीकी छोरी ५ वर्षीया रेखा घर्तीको सोमबार दिउँसो मृत्यु भएको छ ।
कैलाली । गोदावरी नगरपालिका–४ सेती सामुदायिक वनबाट भरूवा बन्दुक १ थान, शिशाको गोली १८ ओटा, छर्रा १५ ओटा र सानो १ डिब्बा बारूद समेत सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
रौतहट । आफ्नै बहिनी २० वर्षीया तेतरी कुमारी रामको हत्या गरेको अभियोगमा उनकै दाई परोहा नगरपालिका–८ नरकटिया टोल बस्ने २२ वर्षीय दीपन्द्र कुमार रामलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमणको बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ ।
इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताएका छन् ।
काठमाडौं । काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभागको कार्यालय अगाडी निरन्तर नाराजुलुश भइरहेको छ । सरकार र विभागको बिरुद्धमा नाराजुलुश गर्दै विभाग घेराउ गरिए पनि सरकारले नसुने जस्तै गरिरहेको छ ।
काठमाडौं । भारत सरकारले अघि सारेको र १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेको थियो ।
नवलपरासी पूर्व । बुलिङटार गाउँपालिका–५ सान्डाडामा सान्डाडाबाट खहरेतर्फ जाँदै गरेको लु.५ त ६५९ नम्बरको ट्याक्टरबाट झर्ने क्रममा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ ।