काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १ सय ८ जनाको मृत्यु भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतीप्रति दु:ख व्यक्त गरेको छ ।
सप्तरी । मधेश प्रदेश सरकारले दिने ‘छोरी छात्रवृत्ति’ रूपनगर नन्दराज संग्रौला क्याम्पसका पाँच जना छात्राले पाएका छन् । वर्षेनी दिइने यो छात्रवृत्ति यो क्याम्पसका विद्यार्थीले पहिलो पटक पाएका हुन् ।
बाँके । नेपालगंज उपमहानगरपालिका–१२ बेलासपुरबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मोरङ । सुन्दरहरैंचा नगरपालिका–९ बस्ने ४९ वर्षीय सहदेव बजगाईको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । मधेशी अभियन्ता एवं अध्येता तुलानारायण साहले समानुपातिक निर्वाचन प्रणालीको कारणले राजनीतिक अस्थिरता नआएको बताएका छन् । उनले यस प्रणालीले खसआर्यको प्रतिनिधित्व घटाएकोले यसलाई हटाउन खोजिएको बताएका हुन् ।
काठमाडौं । राजनीतिक शास्त्रका प्राध्यापक डा. कृष्ण हाछेथुले मधेशी, जनजातिलगायतका सीमान्तकृत समुदायले चाहेकोजस्तो संविधान संशोधन नहुने आँकलन गरेका छन् ।
काठमाडौं । राजनीतिक विश्लेषक सिके लालले संविधान धार्मिक ग्रन्थ नभएर राजनीतिक दस्तावेज भएकोले त्यसमा परिमार्जन हुनु अन्यथा नभएको बताएका छन् ।
रौतहट । जिल्लाको गढिमाई नगरपालिका–६ सिङगारमनस्थित सडकमा धनहरीबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।
कपिलवस्तु । कपिलवस्तु नगरपालिका–४ पिपरी चौराहा स्थित सडकमा कोदहवाचोकबाट पिपरीचौराहातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो लगायतका विपद्मान परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको महाधिवेशन सम्पन्न भएको करिब एक महिनापछि केन्द्रीय समिति नामावली सार्वजनिक भएको छ ।
सप्तरी । सप्तरी जिल्लाको रूपनगर क्याम्पसका छात्र–छात्राहरूलाई एक समारोहमा ‘वडा अध्यक्ष छात्रवृत्ति’ वितरण गरिएको छ ।
रौतहट । ईशनाथ नगरपालिका–९ बस्ने १७ वर्षीय सहवाज मियाँको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । संघीय संसदका सदस्यहरुका लागि बुधबार बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाम । मधेश प्रदेशको सर्लाही जिल्लाको लालबन्दीमा झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर विशेष अदालतले गरेको छ ।
सप्तरी । अविरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–२ का ७० घर डुबानमा परेका छन् ।
बाँके । राप्ती सोनारी गाउँपालिका–२ हरियरपुर बस्ने ३४ वर्षीया सम्झना बिक र सोही ठाउँ बस्ने ३७ वर्षीया बसन्ती भन्ने निमा उपाध्यायको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ ।
कैलाली । लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् ।