काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
हामी गुणस्तरमा मुख्य ध्यान दिन्छौं । सर्वसुलभ उपलब्धता र थोरै मुनाफा लिएर कारोबार गर्दा आम उपभोक्तालाई पनि सेवा पुग्ने र त्यसले केही मात्रामा भए पनि संस्थालाई मुनाफा पुग्ने उद्देश्य अनुरूप हामी अगाडि बढेका छौं ।
चन्द्रकान्त खनाल, रुपन्देही, २८ भाद्र । सीमाक्षेत्रमा पेट्रोलियम पदार्थ अपचलनका कारण नेपाली सवारी साधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोलि रुपन्देहीले छड्के अनुगमन सुरु गरेको छ ।
काठमाडौं, २७ भाद्र । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५६औं वार्षिकोत्सव मनाएको छ । बुधबार आफ्नो प्राङ्गणमा एक कार्यक्रममको आयोजना गरी साल्ट ट्रेडिङ्गले वार्षिकोत्सव मनाएको हो ।
काठमाडौं, २७ भाद्र । भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालबाहक कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (इसिटिएस) लागू भएको छ ।
रुपन्देही, २६ भाद्र । बुटवल उद्योग वाणिज्य संघले बिजया दशमीको अवसरमा आउदो असोज अन्तिम साता दशैं सस्तो बजार आयोजना गर्ने भएको छ । संघकोे बसेको बैठकले असोज २४ गतेदेखि २८ गतेसम्म दशैं सस्तो बजार आयोजना गर्ने निणर्य गरेको हो ।
काठमाडौं, २२ भाद्र । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले हचुवामा कर लगाईंदा देशैभर हंगामा मच्चिएको बताएका छन् । उपाध्यक्ष कडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आयोजित अन्तरकृया कार्यक्रममा सो कुरा बताएका हुन् ।
काठमाडौं, २२ भाद्र । भारतमा कारोवार गरिरहेका यादव समुदायका उद्योगपतिहरु काठमाडौँमा भेला भएका छन् । इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर अफ कमर्शमा आबद्ध उद्योगीहरु इण्डो नेपाल विजनेश समिट २०१८ का लागि नेपालमा भेला भएका हुन् ।
काठमाडौं, २२ भाद्र । अमलेखगञ्ज–रक्सौल–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण कार्य ६५ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुमपा लिइएको पाइपलाइन परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको हो । परियोजनाको सिमरास्थित कार्यालयका सिभिल इन्जिनियर प्रवेश थापाले भारततर्फ २७ किलोमिटर र नेपालतर्फ १७ किलोमिटर पाइप विछ्याइसकिएको जानकारी दिए ।
राजविराज, १९ भाद्र । अर्थमन्त्री डा युवराज खतिवडाले तराई–मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौं, १६ भाद्र । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) शीखर सम्मेलनको समापनसँगै नेपाल र भारतबीच सम्पन्न द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै भारतका पूर्वप्रधानमन्त्री तथा विख्यात राजनेता अटलविहारी वाजपेयीको निधन प्रति दुःख व्यक्त गरेका छन् ।
याँ बर्ष ०७५ लागेपछि साता दिनको सेयर कारोबारमा लगानीकर्ताको सम्पत्ति एक खर्ब ८६ अर्बले बढेको छ ।
द्वन्द्व र राजनीतिक अस्थिरताका समयमा पनि अर्थतन्त्रलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको रेमिट्यान्स आप्रवाह घट्दै गएको तर्फ विश्व बैंकले चिन्ता व्यक्त गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको बुधबार वीरगन्जमा सम्पन्न १८औं वार्षिक साधारणसभाद्वारा सेयरधनीहरूलाई चुक्ता पुँजीको ४२ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर २८.५३ (कर सहित) रुपैयाँ वितरणको प्रस्ताव पारित भएको छ ।
चिया उत्पादनको सिजन सुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी नेपाल भित्रिन थालेका छन् । गुणस्तरीय चिया छनौट र खरिदका लागि उनीहरू यहाँ आएका हुन् ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक जान नमानेका ११२ स्थानीय तहमा पुग्ने प्रतिबद्धता सहितको पत्र बुझाउन दिन ३ दिनको समय दिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी बिना नै शेयरमा लगानी गर्दा जोखिम बढ्न सक्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकको मध्यस्थतामा ब्याजदरका बिषयमा उत्पन्न बैंकर्स संघ र एनआईसी बैंक (NICA) बीचको विवाद साम्य भएको छ ।
विश्वका शक्ति राष्ट्रबीच बढ्दै गएको राजनीतिक तथा आर्थिक द्वन्द्वका कारण सन् २०१८ झनै खराब हुने विश्व आर्थिक मञ्चको अध्ययनले देखाएको छ ।
मुलुकको अग्रणी बैंकको रुपमा वि.सं. १९९४ सालमा स्थापित नेपाल बैंक लिमिटेडको ५८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।